बानपाका कृषि गणकलाई तालिम


आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिकाले यस वर्ष किसान सुचिकरणका लागि परिचालन गर्ने गणकहरुलाई एक दिने तालिम दिएको छ ।

नगरपालिकाद्वारा आयोजितक एक दिने गणकहरुको तालिममा बोल्दै बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले गणकले यथार्थ तथ्याङ्क ल्याउनका लागि गणकहरुलाई तालिम दिइएको बताउनुभयो । कार्यक्रममा भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋृषिराम सापकोटा, बागलुङ नरपालिका–५ का वडा अध्यक्ष हरी प्रसाद शर्मा र बानपा–६ का वडा अध्यक्ष धुव्र केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यो वर्ष किसान सुचिकरणका लागि आएको रु. तीन लाख बजेटबाट ३, ५ र १३ वडामा गणकहरु परिचालन गरिने कृषि शाखा प्रमुख राहुल केसीले जानकारी दिनुभयो । कार्यक्रम प्रेम प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा १० जना गणकहरु सहभागी हुनुहुन्थ्यो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *