प्रदेश सांसद पाठकलाई अमलाचौरमा सम्मान

आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेश सांसद कृष्ण पाठकलाई गृह गाउँ अमलाचौरमा एक कार्यक्रमका बीच स्थानीयले स्वागत तथा सम्मान गरेका छन् । बागलुङ नगरपालिका–१२ अमलाचौरमा जन्मेर नेकपा एमालेको राजनीतिसंगै गण्डकी प्रदेश सांसद हुनुभएको भन्दै स्थानीयले बाँजा गाजासहित सांसद पाठकलाई सम्मान गरेका छन् ।

लामो समयदेखि राजनीतिमा सक्रिय पाठक हालै नेकपा एमालेको गण्डकी प्रदेश सदस्य हुनुभएको थियो । स्थानीयले सांसद पाठकलाई स्वागत तथा सम्मानपछि अमलाचौरको विकास र समृद्धिका लागि काम गर्नका लागि सुझावसमेत दिएका थिए । उनीहरुले लामो समय राजनीतिमा सक्रिय भई प्रदेश सांसद बनेको भन्दै समग्र वलेबाको प्रतिष्ठा बढेको बताएका थिए ।

स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सांसद कृष्ण पाठकले स्थानीयहरुले गरेको सम्मानले पुन गाउँप्रतिको जिम्मेवारी थपेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा कुनै राजनीतिक दल विशेष नभई समग्र वलेवा र अमलाचौरको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

उहाँले बलेवा क्षेत्रमा संघ तथा प्रदेशबाट ठूला सडक तथा खानेपानीको काम भइरहेको जानकारी गराउदै जनताको सेवामा इमान्दार भएर काम गर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *