आदर्श अनलाइन, बागलुङ
नेपाल सरकारबाट हालै शाखा अधिकृतमा नाम निकाल्ने २७ जना शाखा अधिकृतहरुले देश दर्शन कार्यक्रम अन्र्तगत बागलुङ जिल्लाका विभिन्न स्थानको अध्ययन अवलोकन भ्रमण तथा अन्तरक्रिर्या कार्यक्रम गरेका छन् ।
सेवा प्रवेश अघि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले शाखा अधिकृतहरुलाई विभिन्न जिल्लामा पु¥याएर अध्ययन अवलोकन तथा अन्तरक्रिर्या गराउने कार्यका लागि बागलुङ, म्याग्दी र कास्कीमा २७ जना अधिकृतहरुलाई खटाइएको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षक तथा अनुसन्धान अधिकृत प्रशान्त खरेलले जानकारी दिनुभयो । खरेलका अनुसार देश दर्शन कार्यक्रम अन्र्तगत बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा अध्ययन अवलोकन गरिएको हो ।
प्रतिष्ठानले शाखा अधिकृतहरुलाई विभिन्न ग्रामिण जनजिवन, स्थानीय पालिकाको सेवा प्रवाह, विकास निर्माण र जनताको अपेक्षा लगायतको विषयमा अध्ययन अवलोकन गर्ने कार्यक्रम अन्र्तगत बागलुङको गलकोट नगरपालिकाको विभिन्न बस्तीको अवलोकन, बागलुङ नगरपालिकामा अन्तरक्रिर्या, विभिन्न धार्मीक तथा पर्यटकीय स्थलको भ्रमण गरेको छ ।
शाखा अधिकृतहरुले बागलुङ नगरपालिकाको सेवा प्रभाह, विकास मोडल, लक्षित वर्गको योजना तथा सन्तुष्टी सर्वेक्षण, न्याय सम्पादन लगायतको विषयमा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम न्यौपानेले जानकारी दिनुभयो । बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले जनताको सेवा, र न्याय सम्पादनका लागि सेवाग्राहीको घरमै पुग्ने गरिएको जानकारी दिनुभयो ।
शाखा अधिकृतहरुले बागलुङ र पर्वत जिल्ला जोड्ने लामो झोलुङ्गे पुल, कालिका मन्दिर, म्याग्दीको गलेश्वरधाम, भुरुङ तातोपानी अध्ययन अवलोकन गरिसक्नुभएको छ । यस्तै कास्कीको अष्ट्रेलियन क्याम्प लगायतको स्थानको अध्ययन अवलोकन गर्ने कार्यक्रम रहेको छ ।