धार्मिक पर्यटकीय स्थल गायत्री मन्दिरमा आकर्षक पार्क निर्माण


अमृत बास्कुने, म्याग्दी

धार्मीक तथा पर्यटकीय महत्व बोकेको गायत्री मन्दीर परिषरमा आकर्षक पार्क निर्माण भएको छ । रघुगंगा गाउँपालिका–३ पिप्ले अन्तरगतको गायत्री मन्दीर परिषरमा पर्यटकीय पार्क निर्माण भएको हो ।

प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगतको घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीको १० लाख बजेटमा पार्क निर्माण कार्य भएको हो । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीका प्रमुख पोषनाथ शर्माका अनुसार प्रदेश सरकारको बजेटमा उक्त स्थानमा आकर्षक पार्क निर्माण गरीएको हो ।

बेनी–जोमसोम सडक खण्ड सँगै जोडीएको गायत्री मन्दीर परिषरमा बनेको पार्कमा आन्तरीक तथा बाह्य पर्यटकहरुलाई पनि बिश्राम गर्नका लागि सहज हुने अपेक्ष सहित उक्त स्थानमा पार्क निर्माण गरीएको शर्माले बताउनुभयो ।

पर्यटकीय स्थल अनि सडक सँगै जोडीएको क्षेत्रमा पर्यटकहरुलाई बिश्रामका लागि उत्कृष्ट स्थल हुने भएकाले पनि सबैको ध्यान पुग्ने गरी निर्माण गरीएको गायत्री मन्दिर परिषरमा पर्यटकीय पार्क निर्माण उपभोक्ता समितिका सचिव पदम छन्त्यालले बताउनुभयो । जनश्रमका साथै घरेलुबाट आएको बजेटले पनि उक्त पार्क निर्माणका लागि केही रकम अपुग भएको भए पनि स्थानीय तबरबाट समितिले त्यसको उचित व्यवस्थापन गर्ने छन्त्यालको भनाई छ । गएको मंसिर २९ गते सम्झौता भएको पार्क निर्माणको काम सबै सकिएको उहाँले बताउनुभयो ।

देशकै महत्वपूर्ण कालिगण्डकी करिडोर सडक अन्तरगतको बेनी–जोमसोम–कोरला सडक खण्डको पवित्र तिर्थस्थल गलेश्वरधाम नजिकै रहेको उक्त पार्क क्षेत्र पनि मन्दीरै मन्दीर रहेको हुनाले पनि त्यहाँ आन्तरीक तथा बाह्य पर्यटक भित्राउन सहज हुने घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख शर्माको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *