आदर्श सञ्चार सहकारी संस्थाद्वारा राहत हस्तान्तरण

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले राहत हस्तान्तरण गरेको छ ।

संस्थाका शेयर सदस्य, अग्रसर साप्ताहिक पत्रिकाका नियमित स्तम्भकार तथा शेयर सदस्य रम्बादेवी शाक्यका श्रीमान जीवनकुमार शाक्यको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभासँगै राहत हस्तान्तरण गरेको हो ।

संस्थाका सल्लाहकार रुद्रबहादुर महत, सुरेश प्रसाद श्रेष्ठ, सञ्चालक गीता खड्का, अम्बिका जि.सी., राजकपुर श्रेष्ठ, लक्ष्मी पौडेल पन्त, शेयर सदस्य तथा स्तम्भकार सरोजराज पन्त, कर्जा विभाग प्रमुख रुपादेवी ढकाल र सह–सम्पादक सिर्जना पन्त सहितको समुहले शाक्यको घरमै पुगेर राहत हस्तान्तरण गरेको हो ।

सहकारीले शेयर सदस्यको निधनमा प्रदान गर्ने १५ हजार र एकाघरका परिवारका सदस्यको निधनमा प्रदान गरिने ५ हजार मृत्यु राहत गरि २० हजार रुपैयाँ स्वर्गिय शाक्यका छोरी सजना शाक्यलाई हस्तान्तरण गरेको हो ।

शाक्यको ६७ वर्षको उमेरमा चैत २३ गते निधन भएको थियो । आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा रु.१५ हजार र शेयर सदस्यका एकाघरका परिवारका सदस्यको निधनमा रु.५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकाल देखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *