निलगिरी सहकारीको पैयुँपाटामा सेवाकेन्द्र संचालन


आदर्श अनलाइन, बागलुङ

बागलुङ सदरमुकाममा मुख्य कार्यालय रहेको निलगिरी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेवा केन्द्र विस्तार गरेको छ ।

सहकारीले बलेवा क्षेत्रलाई मध्यनजर गरी बागलुङ नगरपालिका–१३ पैयुँपाटामा बलेवा भैरव सेवाकेन्द्र संचालन गरेको छ । सेवा केन्द्रको नववर्षको अवसरमा शुक्रबार एक कार्यक्रमका विच बागलुङ नगरपालिका–१३ पैयुँपाटाका वडा अध्यक्ष एवं संस्थाका सल्लाहकार नारायण शर्मा पौडेलले उद्घाटन गरेका छन ।

उद्घाटन पश्चात बोल्दै पौडेलले गाउँको विकासका निम्ती सहकारीले महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले पछिल्लो दिनमा सहकारी क्षेत्र र मुलुककै अर्थतन्त्र धरासयीमा परेको बेला निलगिरी सहकारीले आफ्नो कार्यक्षेत्र विस्तार गरेकोमा संस्था आफ्ना शेयर सदस्य प्रति अझै उत्तरदायी बनेको बताए ।

पौडेलले संस्था बलियो बनाउनका प्रत्येक शेयर सदस्यको महत्वपुर्ण भुमिका हुने बताए । कार्यक्रममा संस्थाका सल्लाहकार भुमिश्वर शर्मा गौतम,संस्थाका शेयर सदस्य एवं नेपाली काँग्रेस पैयुँपाटाका सभापति चन्द्रबहादुर खत्री, संस्थाका शेयर सदस्य एवं त्रिभुवन मावि पैयुँपाटाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. रामबहादुर केसी, स्थानिय समाजसेवी रेशमबहादुर खत्री लगायतले संस्थाको विकासका निम्ती सवैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा नयाँ शेयर सदस्यलाई स्वागत गरिएको थियो ।

कार्यक्रम निलगिरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण शर्मा पौडेलको अध्यक्षता बलेवा भैरव सेवा केन्द्रका सल्लाहकार रुद्र प्रसाद शर्माको स्वागत र संस्थाका सचिव मिनबहादुर केसीको संचालनमा सम्पन्न भएको थियो । २०६५ सालमा स्थापना भएको सहकारीमा हाल झण्डै १२ सय शेयर सदस्य रहेका छन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *