एक लाख ५० हजार पुरस्कार राशीको जेसिज फुटबल प्रतियोगिता हुँदै


आदर्श अनलाइन, बागलुङ
आगामी बैशाख १७ देखि २३ गतेसम्म बागलुङमा रु. एक लाख पुरस्कार राशीको जेसिज कप फुटबल प्रतियोगिता हुने भएको छ । युवाहरुलाई खेलप्रति अग्रसर बनाउदै नवप्रतिभा खेलाडिको पहिचानसंगै खेलकुदको माध्यमबाट बागलुङलाई पर्यटनसंग जोड्ने उदेश्यले जेसिज बागलुङको अयोजनामा ‘जेसिज कप फुटबल’ प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा साविक धौलागिरि अंचलका बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङका क्लबहरुले सहभागिता जनाउन सक्ने छन् । प्रतियोगिताको विजेताले नगद रु. एक लाख ५० हजार र उपविजेताले ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगिताका उत्कृष्ट खेलाडि, गोल रक्षकलगायत पाँच अलग–अलग विधिामा खेलाडिलाई सम्मान तथा पुरस्कार वितरण गरिने जेसिज कप प्रतियोगिताका मुल संयोजक सौरभ खत्रीले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयो ।
प्रतियोगिता संचालन गर्न रु. १० लाख लाग्ने अनुमान आयोजकको छ ।

आयोजकले स्थानीय सरकार, व्यापारिक प्रतिष्ठान, खेलकुद तथा विभिन्न सामाजिक संघसंस्था, बैंक तथा वित्तिय संस्थाहरुबाट सहयोग संकलन गरी जेसिज कप भव्य रुपमा सम्पन्न गर्ने जेसिज बागलुङका अध्यक्ष सौरभ श्रेष्ठले बताउनुभयो ।

पछिल्लो समय बागलुङमा शुन्य जस्तै बनेको फुटबल गतिविधिलाई चलायमान गराउन र युवाहरुलाई प्रोत्साहन गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने जेसिजको अपेक्षा छ ।
आयोजक जेसिजले प्रतियोगितामा सहभागिता जनाउनको लागि विभिन्न क्लबहरुसंग संवाद गरिरहेको जनाएको छ ।

१६ टोलीले सहभागिता जनाउने अनुमान गरेको आयोजकले प्रतियोगितालाई सफल बनाउन सबैसंग सहयोगको अपेक्षा गरेको छ । खेलबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनको अध्यक्षता सौरभ श्रेष्ठ, स्वागत कार्यकारिणी उपाध्यक्ष गणेश महतो र संचालन महासचिव अञ्जीला श्रेष्ठले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *