मुस्ताङमा कोभिड संक्रमण बढ्यो

आदर्श अनलाइन, म्याग्दी
मुस्ताङमा कोभिड–१९ का संक्रमितहरुको संख्या बढ्न थालको छ । पछिल्लो तथ्याङ्क हेर्दा जिल्ला भित्र १३ जना सक्रिय संक्रमित देखिएका छन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी एवम् कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक अनुप केसीले जिल्लाको घरपझोङ गाउँपालिका, थासाङ गाउँपालिका र बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिका एवम् जिल्ला अस्पतालमा कोभिड–१९ का बिरामीहरु रहेको बताउनुभयो । जोखिमलाई मध्यनजर गर्दै अहिले उच्च सतर्कता अपनाइएको उहाँको भनाई छ ।

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने र अन्य उपायहरु पनि अवलम्बन गर्ने तर्फ ध्यान केन्द्रित गरिएको प्रजिअ केसीले बताउनुभयो । मुस्ताङमा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गरीएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

जोमसोम बजारकी एक जना महिलामा चैत १२ गते पहिलो पटक कोभिड पुष्टि भएको मुस्ताङ अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट बिसाल तिवारीले बताउनुभयो । घरमा बालबालिसमेत बिरामी भएपछि परिक्षणका लागि जोमसोम अस्पतालमा आउनु भएकी महिलाको परीक्षण गर्दा कोभिड पुष्टि भएको तिवारीले जानकारी दिनुभयो ।

मुस्ताङ जिल्ला अस्पताल जोमसोमा अहिलेसम्म नयाँ वेवमा दुई जनामा कोभिड पुष्टि भएको र अन्य स्थानीय तहमा भएको परिक्षणमा पहिचान भएको तिवारीको भनाई छ । स्वास्थ्य कार्यालय मुस्ताङका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामबहादुर नेपालीका अनुसार थासाङ गाउँपालिकामा छ जना, घरपझोङ गाउँपालिकामा चार जना, बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिकामा दुई जना र एक जना जिल्ला अस्पतालमा गरी १३ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय चैत १२ पछि १५ जनामा संक्रमण पुष्टि भएको मुस्ताङमा संक्रमित भएका मध्ये दुई जना संक्रमण मुक्त भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *