मल्ममा निःशुल्क आँखा शिविर हुँदै


आदर्श अनलाइन, बागलुङ

बागलुङको गलकोट नगरपालिका–७ मल्ममा निःशुल्क आँखा परिक्षण तथा आँखाको शल्यक्रिया शिविर हुँने भएको छ ।

श्री कृष्ण भैरव आँखा उपचार केन्द्र मल्ममा यही वैशाख ४ गते देखि ६ गते सम्म निःशुल्क आँखा शिविरको आयोजना गरिएको हो ।

श्री कृष्ण नेत्रालय प्रा.ली.भैरहवाको प्राविधिक सहयोग, हरी कृष्ण आइकेयर फाउण्डेशन र लायन्स क्लब अफ बुटवलको शल्यक्रिर्या सहयोग तथा श्री कृष्ण भैरव आँखा उपचार केन्द्रको आयोजनामा आँखा जाँच तथा निःशुल्क शल्यक्रिर्या शिविरको आयोजना गरिएको हो ।

डा. सल्मा केसीले आँखा परिक्षण संगै शल्यक्रिर्या गर्न आवश्यक विरामीको शल्यक्रिर्या मार्फत उपचार गरिने वडा अध्यक्ष राज थापाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *