वारागुङ मुक्तिक्षेत्र गाउँ कमिटीको विस्तारित वैठक


आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेको मिसन ग्रासरट अभियान अन्र्तगत आइतबारे वारागुङ मुक्तिक्षेत्र गाउँ कमिटीको विस्तारित वैठक सम्पन्न गरिएको छ ।

पार्टी केन्द्रीय सदस्य तथा प्रदेश कमिटी सह–इन्चार्ज कमरेड श्रीमाया थकालीको प्रमुख आतिथ्यतामा सम्पन्न वैठकमा पार्टी केन्द्रीय सदस्य तथा मिसन ग्रासरुट अभियानका केन्द्रीय प्रतिनिधि गोविन्द वहादुर नेपाली र जिल्ला अध्यक्ष कमरेड आश वहादुर थकालीले अभियानको आवस्यकता र महत्वका वारेमा दिशानिर्देश मन्तव्य राख्नुभएको थियो ।

वैठकले वैशाख २३ गतेवाट शुरु हुनेगरी वडा स्तरको विस्तारित वैठकको आयोजना गर्ने, सदस्यता नविकरण तथा विस्तारको काम अगाडि वढाउने, जनसंगठनको पालिका स्तरको वैठक राख्ने र वैशाख २५ गते पालिकास्तरको समीक्षा वैठक आयोजना गर्ने गरि कार्ययोजना निर्माण गरेको छ ।

वैठकले पार्टीको तर्फवाट निर्वाचित गाउँ पालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङ नेता र उपाध्यक्ष ढिकी गुरुङ उपनेता रहेको २० सदस्यीय नेकपा (एमाले), वारागुङ मुक्तिक्षेत्र गाउँपालिका स्थानीय सभा दलको समेत गठन गरेको छ । गाउँ कमिटीको बैठक कमिटिका अध्इक्ष रिङजीन नामगेल गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *