एमालेको मिसन ग्रासरुट : काठेखोलाको अन्तिम समिक्षा


आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीले पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको प्रतिवेदन तत्काल पार्टी जिल्ला कमिटिलाई बुझाउन पालिका र वडा कमिटिहरुलाई निर्देशन दिनु भएको छ ।

मिसन ग्रासरुट अभियान अन्तरगत काठेखोला गाउँपालिका कमिटिले सोमबार आयोजना गरेको अन्तिम समिक्षा वैठकलाई सम्बोधन गर्दै केसीले यस्तो निर्देशन दिनु भएको छ ।

एमालेले फागुन ५ गतेदेखि देशव्यापी रुपमा सञ्चालन गरेको मिसन ग्रासरुट अभियान बैशाख ९ गते समापन हुदैछ । अभियानको समिक्षा सहित आगामी योजना तय गर्नका लागि पार्टी केन्द्रलाई अभियानको वास्तविक प्रतिवेदन बुझाउनु पर्ने भएको समयमै प्रतिवेदन बुझाउन अध्यक्ष केसीले आग्रह गर्नु भएको हो ।

अभियानका क्रममा वडा कमिटि तथा पालिका कमिटिका वैठक तथा भेलाहरु, प्रशिक्षण कार्यक्रम, टोल कमिटिहरु गठन र परिचालन, जनसंगठन निर्माण र परिचालन, सदस्यता नविकरण र नयाँ सदस्यता वितरण लगायतका काम भएको वैठकका जानकारी गराइएको थियो ।

काठेखोला गाउँपालिकाका सबै वडामा वडा कमिटि, टोलकमिटि, जनजसंगठनहरुको वैठक, समिक्षा तथा योजना निर्माण गरी पार्टी गतिविधिलाई सक्रिय बनाउनुका साथै सदस्यता नविकरण र नयाँ सदस्यता समेत वितरण गरिएको एमालेका काठेखोला गाउँपालिका कमिटिका अध्यक्ष डिल बहादुर कार्कीले जानकारी दिनुभयो ।

समिक्षा वैठकमा सबै वडा कमिटिका तर्फबाट अभियानका क्रममा भएका कामहरुको बारेमा रिपोर्टिङ भएको थियो ।

पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तरगत काठेखोला गाउँपालिकामा कार्यक्रमहरु प्रभावकारी रहेको, पार्टी पंक्ति उत्साहित भएको र सदस्यता नविकरण र नयाँ सदस्यता वितरण समेत उत्साहजनक देखिएको पालिका कमिटिका सचिव विद्यापती शर्माले जानकारी दिनुभयो ।

सबै वडाबाट प्रारम्भिक प्रतिवेदन आइसकेको र केही छुटेको भए बैशाख ८ गते हुने जिल्ला कमिटिको वैठकमा व्यवस्थित प्रतिवेदन बुझाउन निर्देशन भएको सचिव शर्माले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *