सहकारी बैंक बन्यो अन्तर्राष्ट्रिय राईफिसेन संघको पूर्ण सदस्य

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी बैक लिमिटेडले अन्तर्राष्ट्रिय राईफिसेन संघ (आइआरयू) को पूर्ण सदस्यता प्राप्न गरेको छ । यो संगै सहकारी बैंकले ६ वटा अन्तर्राष्ट्रिय निकायमा आवद्ध जनाउनु सफल भएको छ ।

सन १९६८ मा जर्मनीको वर्नमा स्थापना भएको राईफिसेन संघमा हाल जापान, अष्ट्रेलिया, कोरिया, इटाली, फ्रान्स जर्मनी, केन्या, भारत, स्वीट्जरल्याण्ड सहित विश्वका ३३ देशका सहकारी क्षेत्रमा का मगर्ने ५० वटा संघ संस्था आवद्ध रहेका छन् । नेपालबाट राईफिसेन संघमा आवद्ध हुने राष्ट्रिय सहकारी बैंक मात्र रहेको छ ।

सहकारी सिद्धान्तमा आधारित भएर विश्व सहकारी अभियानको प्रवद्र्धनमा क्रियाशिल रहेको संघले सहकारीको मूल्य, मान्यता सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्त र सदस्यहरुबीच अनुभव आदान प्रदान लगायतका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

सदस्य संस्थाहरुमार्फत सम्बन्धित देशमा भएका सहकारीका असल अभ्यासहरुको बारेमा अन्य मुलुकमा जानकारी गराउनुका साथै सदस्यहरुबीच सूचनाहरुको आदान प्रदानमा सहजीकरण, प्रोत्सानह र समस्याको समाधान खोज्नका लागि अन्तर सहकारीबीच सहकार्य गर्दै आइरहेको छ ।

सहकारीका अन्र्तराष्ट्रिय निकायहरुसंगको आवद्धताले विभिन्न देशहरुमा सहकारी क्षेत्रले प्रविधि लगायत विभिन्न क्षेत्रमा गरेका असल अभ्यासहरुका बारेमा अध्ययन गरी नेपालमा लागु गर्न तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरी सहकारीको मर्म र भावना अनुसार अगाडि बढ्न सहयोग पुगेको बैंकका अध्यक्ष के.बी. उप्रेतीले जानकारी दिनुभयो ।

सहकारी बैंक यसभन्दा अगाडि अन्तर्राष्ट्रिय सहकारी महासंघ, अक्कु, नेडाक, अप्राका, सिक्ट्याव, अन्तर्राष्ट्रिय सहकारी बैंकिङ संघ (आइसीविए) को सदस्य भइसकेको छ ।

उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक भन्ने परिकल्पनाका साथ सहकारी क्षेत्रको प्रवद्र्धन र विकासमा निरन्तर लागि रहेको सहकारी बैंकले मुलुकको सहकारी अभियानमा देखिएका समस्याको पहिचान गर्न तथा समस्या समाधानका लागि सरोकारवालाहरुसंग समन्वय र सहकार्य गर्दै आइरहेको छ ।

२०५० साल असार २५ गते सहकारी विभागका दर्ता भएको राष्ट्रिय सहकारी बैंकमा हाल करिव १६ हजार सहकारी संघ संस्था सदस्य रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *