राष्ट्रिय सभाका अध्यक्षको प्रेस सल्लाहकारमा पर्वतका पत्रकार शर्मा नियुक्त

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको प्रेस सल्लाहकारमा पर्वतका पत्रकार दुर्गा प्रसाद शर्मा नियुक्त हुनु भएको छ ।

यस अघिका प्रेस सल्लाहकार अशोक पौडेल अध्ययनका लागि चीन गएकाले रिक्त भएको प्रेस सल्लाहकारमा शर्मालाई नियुक्त गरिएको राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

धौलागिरी क्षेत्रलाई मुख्य कार्यक्षेत्र बनाई विगत साढे दुई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका शर्मालाई अध्यक्ष तिमिल्सिनाले प्रेस सल्लाहकार नियुक्त गर्नु भएको हो । शर्मा प्रेस चौतारी नेपालका पूर्व वरिष्ठ उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *