पूर्व राष्ट्रसेवक संगठन राष्ट्रिय समन्वय परिषद बागलुङको तदर्थ समिति गठन

आदर्श अनलाइन, बागलुङ
पूर्व राष्ट्रसेवक संगठन राष्ट्रिय समन्वय परिषद नेपालको बागलुङ शाखाको तदर्थ समिति गठन भएको छ ।

बागलुङ जिल्लाका पूर्व कर्मचारी सेवा परिषद, नेपाल पूर्व प्रहरी संगठन, नेपाल पूर्व राष्ट्रिय सैनिक संघ, पूर्व शसत्र प्रहरी संघ समेतको भेलाले चिरन्जीवी कुमार श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा टिकाबहादुर कार्की, तीलकबहादुर थापा क्षेत्री, हिमनाथ कंडेल, महासचिवमा रिपोर्ट बहादुर जिसी, सचिवमा बद्री प्रसाद पौडेल, कोषाध्यक्षमा महेन्द्र सिंह रायमाझी रहनु भएको छ । कार्यक्रममा बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले तदर्थ समितिलाई शुभकामना दिनुभएको थियो ।

पूर्व राष्ट्रसेवक संगठन परिषद राष्ट्रिय समन्वय परिषद पोखराका अध्यक्ष नरहरी बरालले परिषदको जिल्ला शाखा गठन गर्नुको औचित्यबारे प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रम पूर्व कर्मचारी परिषद बागलुङका अध्यक्ष चीरन्जीवी कुमार श्रेष्ठको अध्यक्षता, स्वागत नेपाल पूर्व प्रहरी संगठन बागलुङका अध्यक्ष टिकाबहादुर कार्की र पूर्व राष्ट्रसेवक राष्ट्रिय समन्वय समिति पोखराका महासचिव अनन्तराज लम्सालको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *