सहकारी महासंघको आग्रह : ‘गम्भिर समस्या आए विशेष साधारसभा गर्नुहोस’


आदर्श अनलाइन, काठमाण्डौ ।
राष्ट्रिय सहकारी महासंघले सहकारीमा गम्भिर प्रकारको समस्या आएमा विशेष साधारणसभा मार्फत समस्या समाधान गर्न आग्रह गरेको छ ।

अर्थतन्त्रमा देखिएको वर्तमान चुनौतीलाई ध्यानमा राखेर सदस्यहरूले धैर्यतापूर्वक कारोबार गर्नुहुनका आग्रह गर्दै आवश्यक परे कानुनी उपचारको बाटो अवलम्बन गर्न आमसदस्यहरूलाई अपिल गरेको छ ।

महासंघले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सहकारीको सदस्य बन्नु भनेकै संस्थाको दायित्व बहन गर्दै नीति निर्माणमा समेत सहभागी हुनु भएको बताएको छ । सहकारी संस्थाहरुले सदस्यहरुसँग नियमित सम्पर्क गरी संस्थाको विषयमा पारदर्शी रुपमा जानकारी गराउन समेत महासंघले विशेष अनुरोध गरेको छ ।

विज्ञप्तिमा भनेको छ, ‘विश्वव्यापी आर्थिक संकुचन सहकारी क्षेत्रमा मात्रै हैन समग्र क्षेत्रमा छ, केही खराब सहकारीका कारण सहकारी अभियानलाई नै बदनाम गर्ने मनसायले अमानवीय क्रियाकलापसमेत हुन थालेकाले तीनवटै तहका सरकारलाई यस विषयमा संवेदनशिल हुन समेत अनुरोध गर्दछौं ।’

महासंघले हाल केही व्यक्तिको समूहले सहकारीको ऋण नतिर्न खुला रूपमा अफवाह फैलाउँदा समेत राज्यले कार्वाहीको दायरामा ल्याउन नसक्नु दुःखद् विषय हो ।
सहकारी विरुद्ध गैरकानुनी क्रियाकलाप गर्ने व्यक्तिहरुलाई कडा भन्दा कडा कारबाही गर्न र यस्ता घटना हुन नदिनका लागि राज्यबाट सहकारी संघ÷संस्था, कर्मचारी, संचालक तथा सदस्यको सुरक्षाको पूर्ण प्रत्याभुत गराउन समेत महासंघले माग गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *