गलकोटमै आँखाको शल्यक्रिया : स्थानीय दंग

आदर्श अनलाइन, बागलुङ
बागलुङको गलकोट नगरपालिका–३ हटियाका टेक बहादुर नेपालीको मोतियाबिन्दुको समस्याका कारण दुबै आँखामा समस्या थियो । गाउँमै आयोजना गरिएको निःशुल्क शल्यक्रिर्या मार्फत नेपाली सहित ८५ जनाँको शल्यक्रिर्या मार्फत उपचार गरिएको छ ।

दुबै आँखा पुरानै अवस्थामा फर्केपछि दङ्ग परेको नेपालीको भनाई छ । “दुबै आँखामा मोतिया बिन्दुको समस्या थियो, शल्यक्रिर्या मार्फत आँखा देख्ने अवस्थामा पुगे” नेपालीले भन्नुभयो “गाउँमै आँखाको उपचार होला भनेर सोचेकै थिएन, अहिले उपचारपछि खुसी छु, भैरव आँखा उपचार केन्द्रले ठूलो गुन लगायो ।”

दुबै आँखाको उपचारपछि स्थानीय नन्दी पुन समेत खुसी हुनुभएको छ । उहाँले गाउँमै आँखा उपचारपछि खर्च र समयको बचत भएको बताउनुभयो । यहाँको गलकोट स्थित मल्ममा आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट ५७५ जना लाभान्वित भएका छन् । आँखा शिविरमा लाभान्वित मध्ये ८५ जनाको आँखाको शल्यक्रिर्या समेत गरिएको थियो ।

बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नम्वर ७ आँगाखेतमा आज बिहिबार सम्पन्न तीन दिने निशुःल्क आँखा शिविरबाट गाउँमै आँखाको उपचार तथा शल्यक्रिया सेवा पाउदा स्थानीय खुसी भएका छन् । मोतिया ८५ जना मध्ये अधिकांशको मोतियाबिन्दु तथा केहीको आँखाको अन्य समस्याको शल्यक्रिर्या गरिएको थियो ।

श्री कृष्ण भैरव आँखा उपचार केन्द्रको आयोजना, श्री कृष्ण नेत्रालय भैरहवाको प्राविधिक सहयोग, हरिकृष्ण आईकेयर फाउण्डेशन र लायन्स क्लव अफ बुटवल मणिउजेशको सहयोग र गलकोट नगरपालिका वडा नम्वर ७ को संयोजनामा आयोजना गरेको आँखा शिविरका क्रममा ५७५ जनाको आँखा चेक जाच गर्दा ८५ जनाको आँखाको समस्या देखिएकाले शल्यक्रिर्या मार्फत उपचार गरिएको श्रीकृष्ण भैरव आँखा उपचार केन्द्रका अध्यक्ष लोक बहादुर थापाले जानकारी दिनुभयो ।

“स्थानीयको पहलमा स्थापना गरिएको आँखा उपचार केन्द्रमा शल्यक्रिर्या सहितको आँखा उपचार सेवा दिन पाउदा स्थानीयलाई राहत भएको छ” थापाले भन्नुभयो “आँखा रोग विशेषज्ञ चिकित्सकले गाउँमै आएर आँखाको परिक्षण, औषधी तथा शल्यक्रिर्या सेवा दिदा स्थानीयहरुलाई राहत भएको छ ।”

शिविरमा स्थानीय संघ संस्था र महिला समुहहले समेत सहयोगी भूमिका निभाएका थिए । आँखामा समस्या भएर देख्ने नसक्नेहरुलाई शल्यक्रिर्या मार्फत उपचार गरिएको श्रीकृष्ण नेत्रालयका प्रमुख चिकित्सा निर्देशक डाक्टर सल्मा केसीले जानकारी दिनुभयो ।
ग्रामीण क्षेत्रका जनतालाई घरदैलोमै विशेषज्ञ सेवा प्रदान गरी स्वास्थ्य लाभ प्रदान गर्न शिविर सञ्चालन गरिएकोे डाक्टर केसीले बताउनुभयो । सेवा लिन गलकोट सहित छिमेकी पालिकाहरु र छिमेकी जिल्ला गुल्मीको मुसिकोट नगरपालिकाबाट समेत आँखाका विरामीहरु आएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *