संस्थापक अध्यक्ष नेपालीले गरे बचत फिर्ता गर्ने प्रतिबद्धता

आदर्श अनलाइन, बागलुङ
इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले तरलता अभावका कारण कारोबार बन्द गरेको विषयमा संस्थाका संस्थापक अध्यक्ष देव कुमार नेपालीले बचत कर्तालाई धैर्य गर्न आग्रह गर्नुभएको छ ।

आज संस्थापक अध्यक्षको तर्फबाट एक प्रतिबद्धतापत्र जारी गर्दै नेपालीले आँफु संस्थापक अध्यक्ष भएर स्थापना गरिएको संस्थामा हाल देखिएको तरलता अभावका कारण वचत रकम समयमा फिर्ता गर्न नसकेकोमा क्षमा याचना गर्नुभएको छ ।

प्रतिबद्धता पत्रद्वारा संस्थाले लामो समयदेखि सदस्य वचतकर्ताहरुसंग नियमित र प्रभावकारी सेवा दिदै आएकोमा आर्थिक संकटका कारण सहकारीमा समस्या परेको बताउनुभयो । समस्या ग्रस्त सहकारीका कारण प्रकाशित समाचारह, सामाजिक सञ्जालहरुमा समेत देखेर शेयर सदस्य वचतकर्ताहरु एकैपटक धेरै जना संस्थामा रकम झिक्न आएका कारण समस्या भएको बताउदै बचत कर्तालाई धैर्य गर्न आग्रह गर्नुभयो ।

‘एकैपटक धेरै सदस्य वचतकर्ताहरु रकम झिक्न आउदा कसैले भुक्तानी दिन नसक्ने अवस्था बारे पनि यहाँहरु जानकार नै हुनुहुन्छ, संस्थामा सहकारी ऐनले व्यवस्था गरेको तरलता रकम रहकै थियो, सदस्य वचतकर्ताहरुले पनि नियमित कारोबार गरिरहनु भएकै थियो, छिटफुट रुपमा सदस्यलाई लगानी गरेको ऋणको सावा र व्याज पनि आएकै थियो र सहकारीको कारोवार निरन्तर चलिरहेको थियो’ प्रतिबद्धता पत्रमा भनिएको छ ‘पछिल्लो २ हप्ता विभिन्न कारण देखाउदै शेयर सदस्य वचतकर्ताहरु धेरै जना वचत फिर्ता गर्न आउनु भयो र संस्थाले सबैको वचत फिर्ता गर्दै जादा तरलता अभाव देखियो, संस्थामा तरलता अभाव हुदै जानु र आउने रकम आउन छोडेपछि संस्था केही समयका लागि बन्द गर्नु पर्ने अवस्था सिर्जना भएको हो ।’

नेपालीले यहाँहरुको विश्वासमा केही समस्या आएको कुरा साँचो रहेको भन्दै यहाँहरुको विश्वासलाई हामीले कदापी डगमगाउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । प्रतिबद्धता पत्रमा भनिएको छ ‘हामीसंग भएको चल अचल सम्पत्ती तथा मेरो व्यक्तिगत सम्पत्ती समेत विक्री गरेर भए पनि यहाँहरुको रकम भुक्तान गर्ने छु, संकटमा यहाँहरुको साथको अपेक्षा गरेका छौ, यतिवेला वित्तीय क्षेत्रमा संकट छ, यो समस्यामा धैर्यता राखेर हाम्रो अनुरोधलाई स्वीकार गरि हामीलाई सहज रुपमा वचत फिर्ता गर्ने वातावरण सिर्जना गरिदिनु हुनका लागि हार्दिक अपिल गर्दछु ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *