म्याग्दीमा पनि मनाइयो कम्युनिष्ट स्थापना दिवस

आदर्श अनलाइन, म्याग्दी
नेकपा एमालेका स्थायी कमिटी सदस्य थममाया थापाले पार्टी सङ्गठनलाई बलियो बनाउन सकेमा संस्थापकहरुको सपना पूरा हुने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा एमाले म्याग्दीले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले पछिल्लो आम चुनावको जनमतका आधारमा पहिलो पार्टी नेकपा एमाले रहेकोले कसैको घेराबन्दीमा पनि नडगमगाइ मुलुक र जनताको हितमा एमाले केन्द्रीत भएको उहाँको भनाई थियो ।

नेकपा (एमाले) जिल्ला कमिटी म्याग्दीले नेपालमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७४ वर्ष पुरा गरी ७५ वर्षमा प्रवेश गरेको अवसरमा स्थापना दिवस मनाउँदै गर्दा थापाले प्रचार भन्दा पनि काममा ध्यान केन्द्रित गरेर अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो । दिवसको अवसरमा एमाले म्याग्दीले शहिद स्मृति भवनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाइएको नेकपा एमाले म्याग्दीले जनाएको छ ।

एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष बालकृष्ण सुवेदीको स्वागत र सचिव सुरत केसीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला सहइन्चार्ज नरदेवी पुन, एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्यहरु हरिकृष्ण श्रेष्ठ, खुमबहादुर बानियाँ र देवबहादुर घलेको विशेष उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *