कालीगण्डकी नदी र शालग्रामको संरक्षणका लागि शालिग्राम महोत्सव

आदर्श अनलाइन, बागलुङ
कालीगण्डकी दोहन र शालिग्राम बचाउन बागलुङ नगरपालिका ४ कुडुले फेदीमा शालिग्राम महोत्सव सोमबार देखी शूरु भएको छ ।

विश्वमै एकमात्र शालिग्राम पाईने कालिगण्डकी नदीका संरक्षणका लागि महोत्सव संचालन गरिएको हो । नदीको पूजा गरेर कलस यात्रासहित महोत्सव शुरु भएको हो । सोमबार बिहान कालिगण्डकी देखी शालिग्राम संग्राहालयसम्म कलसयात्रा गरि महोत्सवको उद्घाटन गरिएको थियो । महोत्सवको मूल समारोहको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्नका लागि महोत्सवले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।

कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, प्राज्ञ प्रेम छोटा, प्राध्यापक डा. जगन्नाथ रेग्मी, विश्वहिन्दु महासंघ बागलुङका अध्यक्ष जव्वरबहादुर लामिछाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा १८ जना श्रष्टाले कालिगण्डकीको महिमा र गरिमा सम्बन्धी कविता वाचन गरेका थिए । उनिहरुले आआफ्नो कविता मार्फत कालिगण्डकीको दोहन रोक्न आवश्यक रहेकोमा जोड दिए ।

५ दिनसम्म चल्ने महोत्सवमा धार्मिक क्रियाकलापसहित हरेक गतिविधिमा कालीगण्डकीले दोहनविरुद्ध सिर्जनात्मक कार्यक्रम हुने अभियानका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो । महोत्सवको प्रमुख वाचकको रुपमा स्वामी चक्रपाणी रेग्मी रहनुहुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

कालीगण्डकीको रोदनलाई लोकगीत, भजन र काव्यमार्फत उजागर गर्ने र संरक्षणका लागि आवाज उठाउन महोत्सव गरिएको हो । शालग्राम संग्राहालयका परिकल्पनाकार तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यको अध्यक्षता, उपाध्यक्ष हरिप्रसाद उपाध्यायको स्वागत मन्तव्य र साहित्यीक समितिका संयोजक ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *