शालिग्राम महोत्सवको तेस्रो दिन भजन प्रतियोगिता

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुले फेदीमा आयोजित शालिग्राम महोत्सवको तेश्रो दिन बुधबार भजनकृतनसहित धार्मिक प्रवचन र सुरबिर पण्डित (दारी बा) को प्रस्तुती रहेको थियो ।

रंगवेंकटेश्वर मुक्तिनारायण मन्दिर व्यवस्थापन समिति र शालिग्राम संग्रहालय व्यवस्थापन समितिद्धारा आयोजित शालिग्राम महोत्सवमा बुधबार बिभिन्न १८ समुहले कालिगण्डकी, शालिग्राम सिलासहित विभिन्न बिधाका भजनकृतन र चुट्का प्रस्तुत गरेका थिए ।

शालिग्राम र कालिगण्डकीको महिमालाई विश्वसामु चिनाउनका लागि महोत्सवको आयोजना गरिएको शालिग्राम संग्राहालयका परिकल्पनाकार तथा महोत्सव आयोजक समितिका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो । महोत्सवको पहिलो दिन कवि गोष्ठी, दोश्रो दिन धार्मिक रत्यौली प्रस्तुत गरिएको थियो ।

सोमबारदेखि शुरु भएको महोत्सवमा धार्मिक बिषयमा आधारित रहेर बिहिबार राष्ट्रिय लोकदोहोरी प्रस्तुत गरिने मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

यसबाहेक महोत्सवमा नियमित पुजा अर्चना तथा धार्मिक प्रवचन भईरहेको छ । महोत्सवको प्रमुख वाचक स्वामी चक्रपाणी आचार्य रहनुभएको छ । कार्यक्रमको संचालन कलाकार रेशम सापकोटाले गर्नुभएको थियो ।महोत्सवमा भक्तजनहरुको उल्लेखनीय सहभागिता रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *