रुद्रेपिपलमा खोरमा फसेको चितुवाको उद्दार


आदर्श अनलाइन, बागलुङ

बुधबार दिउँसो कुखुराको खोरमा फसेको चितुवालाई सकुशल उद्दार गरी आजराती जंगलमा छोडिएको छ ।

बागलुङ बजारमा कुखुरा खान गएको चितुवा खोरमा फसेको थियो । खोरमा फसेको चितुवालाई सकुसल नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयले राती जंगलमा लगेर छोडेको हो ।

जिल्लाको बागलुङ नगरपालिका–२ रुद्रेपिपल स्थित बिक्रम प्रधानको घरमा रहेको कुखुराको खोरमा पसेको चितुवा नियन्त्रणमा लिएर गयरातीनै घना जंगलमा लगेर छोडिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्ण देवकोटाले जानकारी दिनुभयो ।

चितुवा खोरमा पसेको खबर पछि प्रहरीको सहयोगमा नियन्त्रणमा लिई डिभिजन वन कार्यालयमा राखेर राती मात्रै जंगलमा छोडिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *