चैत्राष्टमी मेला २०७९ को आयव्यय सार्वजनिक

आदर्श अनलाइन, बागलुङ
बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले चैत्राष्टमी मेला २०७९ को आयव्यय सार्वजनिक गरेको छ । समितिले शनिबार पत्रकार सम्मेलन गरि आयव्यय सार्वजनिक गरेको हो ।

मेलामा ३२ लाख ९८ हजार ९६३ रुपैयाँ खर्च भएको समितिले जनाएको छ । मेलामा ३५ लाख ८६ हजार ९५ आम्दानी भएको समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । मेलाका अवसरमा राष्ट्रिय लोक दोहोरीगीत, कालिका कप खुल्ला भलिबल, छेलो लगायतका प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गरिएको थियो ।

अध्यक्ष खड्काका अनुसार अझै विभिन्न सहयोगीदाताबाट ९ लाख चार हजार २९४ रुपैयाँ उठ्न बाँकी रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *