स्वास्थ्यका लागि सरसफाई


आदर्श अनलाइन, बागलुङ
‘स्वास्थ्यका लागि सरसफाई’ भन्ने मुल नाराका साथ शनिबार बागलुङ बजार सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङको आयोजना तथा बागलुङ नगरपालिकाको समन्वयमा शनिबार बागलुङ बजार सरसफाई गरिएको छ ।

बागलुङ बजारको समिटचोकबाट शुरु भएको सरसफाई कार्यक्रम बागलुङ बजारका मुख्य चोक तथा गल्लीहरुको सरसफाई गरी जिल्ला प्रशासन कर्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले आफ्नो घर आगन आफै सफा गर्नुपर्ने बताउदै गर्मि सिजन शुरुभएसंगै सरसफाईमा ध्यान दिन आग्रह गर्दै सांकेतिकरुपमा सरसफाई कार्यक्रम गरिएको बताउनुभयो ।



समिटचोकबाट शुरु भएको सरसफाई विभिन्न समूहमा विभाजन भएर बागलुङ बजारको सडक तथा नालीहरु सरसफाई गरिएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिका, सरकारी कार्यालयका कर्मचारीहरु, जिल्ला सहकारी संघ, जिल्लामा क्रिर्याशिल सहकारी संस्था, सामाजिक कार्यमा आबद्ध विभिन्न क्लव,नेपाल प्रहरी र शसस्त्र प्रहरी बल लगायको उपस्थितिमा सरसफाई गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *