गलकोटमा सहकारी बैंकको कर्जा असुली व्यवस्थापन तालिम

आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको आयोजनामा जिल्लाको मध्य भाग गलकोटमा २ दिने कर्जा लगानी तथा असुली व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

सहकारी संघ संस्थाहरुले सदस्यलाई लगानी गर्दा ध्यान दिनु पर्ने विषयहरु, आवश्यक कागजातहरु, सुरक्षणका प्रक्रियाहरु लगायत सुरक्षित ऋण लगानी र प्रभावकारी असुलीका बारेमा सचेत बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको बैंकले जनाएको छ ।

तालिममा सहजीकरण गर्दै बैंकका अधिकृत राजकुमार बरालले वित्तीय सहकारीहरुले ऋण लगानीलाई सुरक्षित, सहज र प्रभावकारी बनाउनका लागि सबैभन्दा बढी ध्यान दिनु पर्नेमा जोड दिनु भएको थियो । ऋण लगानीमा ध्यान नदिदा जोखिम बढ्ने भएकाले सबै सहकारीकर्मीहरुलाई ऋण लगानी र असुलीमा सचेत रहन उहाँले सुझाव दिनुभयो ।

कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका पूर्व सञ्चालक चिन्तामणी शर्मा, गलकोट सहकारी सञ्जालका संयोजक विरेन्द्र श्रेष्ठले सहकारी बैंकले सहकारीलाई प्रभावकारी रुपमा सञ्चालनका लागि निरन्तर समन्वय गरेको बताउनुभयो । उहाँहरुले गलकोट नगरपालिका भित्रका सहकारीहरुलाई संस्थागत रुपमा सञ्चालनका लागि समन्वय गरेर अगाडि बढ्नका लागि सरोकारवाला सबैलाई आव्हान गर्नु भएको थियो ।

तालिम समापन कार्यक्रममा सहभागीहरुका तर्फबाट सयपत्री बहुउेद्दश्यीय सहकारी संस्थाका ऋण अधिकृत विकास सुवेदी र सहयोगी महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष देवी खत्रीले तालिम फलदायी रहेको, लगानी गर्दा अपनाउनु पर्ने सावधानीका बारेमा धेरै जानकारी पाएको बताउनु भएको थियो ।

वैशाख १४ र १५ गते सम्पन्न तालिमको समापन कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *