नुवाकोटको विदुर नगर सहकारी समन्वय उपसमिति र आदर्श सञ्चारबिच भेट

मनकुमारी केसी, बागलुङ
जिल्ला सहकारी संघ लिमिटेड विदुर नगर सहकारी समन्वय उपसमिति नुवाकोट र आदर्श सञ्चार सहकारी संस्था लिमिटेड भेटघाट भएको छ ।

गण्डकी प्रदेशका विभिन्न प्रशिद्ध पर्यटकिय स्थलको भ्रमणमा रहेको सहकारीकर्मीको टोलीसँग आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको कार्यालयमा आइतबार भेट भएको हो ।

भेटको क्रममा विदुर नगर सहकारी समन्वय उपसमितिका संयोजक नविन्द्रमान प्रधान र आदर्श सञ्चार सहकारी संस्थाका प्रबन्धक दिपकराज सापकोटा विचमा पछिल्लो समय सहकारी क्षेत्रको बारेमा फैलाईंदै गएका भ्रम र यथार्थको बारेमा कुराकानी भएको थियो ।

प्रधान र सापकोटा बिच मायाको चिनो साटासाट समेत भएको थियो । ५ दिने भ्रमणमा रहेको टोली उपल्लो मुस्ताङको लोमाङ्थाङ, मुत्तिनाथ हुँदै अन्य पर्यटकिय स्थलको भ्रमण गर्दै बागलुङको आदर्श सञ्चार सहकारी संस्था र सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको अवलोकन भ्रमण गर्दै सोमबार नुवाकोट फर्कने नुवाकोट बचत तथा ऋण सहकारी संघका अध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो ।

विदुर नगर सहकारी समन्वय उपसमितिमा नुवाकोट जिल्लाको विदुर नगरपालिका भित्रका विभिन्न २५ वटा सहकारी संस्थाको आवद्धतामा रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *