चिप्लेटी बसपार्कमा बसले किच्दा एक पुरुषको मृत्यु

मनकुमारी केसी, बागलुङ
आइतबार दिउँसो बागलुङबाट पोखराको लागि छुटेको ग १ ख ९६२ नम्बरको बसले किच्दा एक पुरुषको मृत्यु भएको छ ।

बसले किच्दा अन्दाजी ४० वर्षका पुरुषको मृत्यु भएपनि हालसम्म पहिचान खुल्न सकेको छैन् ।

बसले कुल्चिएका व्यक्तिलाई उपचारको लागि धौलागिरी अस्पताल पु¥याए लगत्तै स्वास्थ्यकर्मीले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बतानुभयो ।

दिउँसो साढे ४ बजे पोखराको लागि छुटेको उक्त बसको बायाँ पट्टीको अन्तिम चक्काले मृतकको कम्मरमा कुल्चिएको थियो ।

प्रहरीले बस र बसका चालक कुश्मा नगरपालिका–१३ खौलालाकुरीका ४२ वर्षीय दलबहादुर सुनारलाई नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *