आदर्श सञ्चार सहकारीद्वारा श्रद्धाञ्जली सभा

लक्ष्मी शर्मा, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्य राजेश भारीका बुवा मथुरा ॐ भारीको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

भारीको निधन भएको नवौं दिनको पुण्यतीथि पारेर श्रद्धाञ्जली सभासहित परिवारलाई संस्थाले राहत रकम हस्तान्तरण गरेको हो ।

श्रद्धाञ्जली सभामा संस्थाका सल्लाहकार सुरेश प्रसाद श्रेष्ठ, सञ्चालक अम्बिका जि.सी., शेयर सदस्यहरु शशिधर भट्टराई, गंगा भट्टराई, प्रबन्धक दिपकराज सापकोटा, कार्यालय सहायक मनकुमारी के.सी., कर्जा सहायक संगिता खड्का कार्की, बजार प्रतिनिधीहरु सुशिला के.सी., हरिराम शर्माको उपस्थिती रहेको थियो ।

संस्थाका सल्लाहकार श्रेष्ठले सदस्यका एकाघरका परिवारका सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप नगद पाँच हजार रुपैयाँ स्वर्गीय भारीको परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा रु.१५ हजार र शेयर सदस्यका एकाघरका परिवारका सदस्यको निधनमा रु.५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकाल देखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *