महावीरको आन्दोलनमा म्याग्देली युवाको ऐक्यवद्धता

अमृत बास्कुने, म्याग्दी
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अन्नपुर्ण गाउँपालिका– नागीका स्थायी बासिन्दा महावीर पुनले थालेको आन्दोलनलाई म्याग्दीका यूवाहरुले ऐक्यवद्धता जनाएका छन् । स्वतस्फुर्त रुपमा निस्केका युवाहरुले सोमबार जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएर समर्थन् गरेका छन् । बिहानै देखिको झरीलाई समेत वास्ता नगरी युवाहरुले पुनको समर्थन्मा प्रशान अगाडी धर्ना दिएका थिए ।

नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपाल म्याग्दीका अध्यक्ष विजय घर्तीमगर, बिद्यार्थी संगठन अनेरास्ववियू म्याग्दीका अध्यक्ष मिलन खत्रीलगायतको युवा तथा विद्यार्थीहरुको समूहले पुनको समर्थन्मा प्लेकार्ड तथा ब्यानर सहित धर्ना दिएका हुन् ।

महावीर पुनको जन्मस्थान रहेको म्याग्दीको नागी भएकाले म्याग्देलीले मागहरु पूरा गर्नका लागि राज्यलाई घचघच्याउनका लागि यो कार्यक्रम गरिएको घर्तीको भनाई थियो । हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको नांगीमा जन्मिएका पुनले आफ्नै जन्मगाउँबाट वायरलेस प्रविधिको सुरूवात गदैं देशभरका ग्रामिण क्षेत्रमा इन्टरनेटको माध्यमबाट सुचना सञ्जाल विस्तार गर्न थाल्नु भएको थियो ।

नेपाली बैज्ञानिकका रुपमा समेत चिनिने पुनले जिल्लाको नांगी, राम्चे, शिखको खोप्रामा भेडाबाख्राको गोठालाको पहुँचमा समेत इन्टरनेट पुगेको सन्देश विश्वभर फैलाउँदै एशियाको नोबेल पुरस्कार भनेर समेत चिनिने रोमन म्यागासेसे पुरस्कारबाट सम्माानित हुनुभएको थियो ।

सन् १९८९ मा अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञान विषयमा स्नातकोत्तर शिक्षा पुरा गरी आफ्नै गाउँमा फर्किएर सामुदायिक विद्यालयको स्तरउन्नतीका लागि काम गर्नुभएको थियो । पुनकै पहलमा म्याग्दीको नागीमा रहेको हिमाञ्चल माध्यमिक विद्यालयमा सदरमुकाम बेनीमा भन्दा पहिला नै कम्प्युटर शिक्षाको अध्यापन हुने गरेको थियो ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष रहनु भएका पुनले केन्द्र स्थापनाका लागि कास्की जिल्ला बेगनास तालको उत्तरपट्टीको ठुलाकोट भन्ने डाँडामा २० बर्ष अगाडी खरिद गरेको २८ रोपनी जग्गा समेत केन्द्रलाई दान गर्नुभएको थियो । पुनले डिजिटल अभियानसँगै सामुदायिक लज, चौरीपालन तथा समुदायमा आधारित विभिन्न आम्दानीका स्रोतहरुमा समेत समुदायलाई सघाउँदै आउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *