गणतन्त्र दिवसको अवसरमा अन्तर माध्यमिक विद्यालय स्तरीय लोकगित प्रतियोगिता हुँदै

आदर्श अनलाइन, म्याग्दी

हिमाली जिल्ला म्याग्दीको बेनीमा आगामी गणतन्त्र दिवसको अवसरमा मौलिकतामा आधारीत अन्तरमाध्यमिक विद्यालय स्तरीय लोकगित प्रतियोगिता हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दीले जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा अन्तर माध्यमिक विद्यालय स्तरीय लोकगीत प्रतियोगिताको आयोजना गर्ने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

प्रतिष्ठानका अध्यक्ष ध्रुव जिसीका अनुसार ‘जिल्ला स्तरीय अन्तरमाावि लोकगीत प्रतियोगिता एवम् विविध साँस्कृतिक कार्यक्रम–२०८०’ गणतन्त्र दिवसको अवसरमा आयोजना गरिएको हो । म्याग्दी जिल्ला भित्रका विद्यालयमा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले एउटा विद्यालयबाट एक जनाका दरले प्रतियोगितामा सहभागिता जनाउन पाउने उहाँले बताउनुभयो । प्रत्यक्ष बाध्यबादनमा गाउनु पर्ने लोक गित प्रतियोगिता समसामयीक र सामाजिक विषयवस्तुमा आधारीत मौलिक लोकलयमा रही बढीमा छ टुक्का मात्र गाउन पाइने छ ।

बेनीमा हुने प्रतियोगितामा पहिलो हुनेले २५ हजार, दोश्रो हुनेले १५ हजार तेश्रो हुनेले १० हजार र सान्त्वना स्थान हासिल गर्नेले पाँच हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष जिसीले बताउनुभयो । हरेक विद्यालयले आफ्नोबाट छनौट गरेर एकएक जना पठाउने र उनीहरुबीमा अडिसन पश्चात सोही दिन फाइनल हुने उहाँको भनाइ छ । कार्यक्रम सञ्चालनका लागि चार लाख आम्दानी र तीन लाख ५० हजार खर्च गरी ५० हजार रुपियाँ बचत गर्ने योजना रहेको पत्रकार सम्मेलनमा अध्यक्ष जिसीले जानकारी दिनुभएको थियो । २०५८ सालमा किरण सापकोटाको अध्यक्षतामा गठन भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले पहिलो पकट खुल्ला कार्यक्रम गर्न लागेको हो ।

प्रतियोगिता सञ्चालन गर्नका लागि अध्यक्ष जिसीको संयोजकत्वमा मुल समिति, कोषाध्यक्ष मिलन विश्वकर्माको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, द्वितिय उपाध्यक्ष पदम विश्वकर्माको संयोजकत्वमा छपाइ व्यवस्थापन उपसमिति, सचिव विजुन खत्रीको संयोजकत्वमा प्रचार, महिला उपाध्यक्ष देवी जिसीको संयोजकत्वमा अतिथि सत्कार, सदस्य शंकर पौडेलको संयोजकत्वमा मञ्च तथा ध्वनी, सह–सचिव सुनिल बानियाँको संयोजकत्वमा प्रतियोगि विद्यालय व्यवस्थापन उपसमिति र निवर्तमान अध्यक्ष देवेन्द्र घिमिरेको अध्यक्षतामा निरीक्षण तथा निर्देशन उपसमिति गठन गरिएको प्रतिष्ठानका द्वितिय उपाध्यक्ष पदम विश्वकर्माले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *