नक्कली शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन : सांसद जुगजाली

आदर्श अनलाइन, म्याग्दी

उपराष्ट्रपति कार्यालयका सचिव नै गिरफ्तारीमा परेको नक्कली शरणार्थी प्रकरणले अहिले देशमै माहौल तातेको छ यही सिलसिलामा म्याग्दीबाट प्रदेशसभा क्षेत्र २ बाट विजयी गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीको समेत त्यस प्रकरणमा नाम मुछिएपछि उहाँले आफ्नो संलग्नता नरहेको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक एवम् गण्डकी प्रदेश सांसद जुगजालीले राजनीतिक र व्यक्तिगत प्रतिसोध साध्न ‘नक्कली शरणार्थी’ प्रकरणमा आफ्नो नाम जोडेर चरित्रहत्या गर्न खोजेको आरोप लगाउनु भएको छ ।

कुनै आधिकारिक पुष्ट्याई तथा कुनै प्रयाप्त प्रमाण र तथ्य नरहेको प्रसंगमा आफ्नो नाम र तस्विर प्रयोग गरि केही सञ्चार माध्यमले प्रकाशन गरेको समाचार तथा सोही समाचारलाई आधार बनाएर सामाजिक सञ्जाल मार्फत चरित्रहत्या गर्न र विवादमा ल्याउन खोजिएको प्रति सांसद जुग्जालीले ध्यानाकर्षण भएको जनाउनु भएको छ । जुग्जालीले कुनै आधार बिना प्रकाशित समाचारमा सत्यता नभएकोले भ्रममा नपर्न अनुरोध गर्नुभएको छ ।

“राजनीतिक पूर्वाग्रह, प्रतिसोध साध्न, भ्रम सिर्जना गराउन र विवादमा ल्याएर चरित्रहत्या गर्ने गलत नियतका साथ प्रेसित काल्पनिक सूचनालाई आधार बनाएर ‘नक्कली शरणार्थी’ प्रकरणमा मलाई जोडेर समाचार आएका छन् ति निराधार छन् –जुग्जालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आरोपको पुष्टि गर्न र प्रमाण भएको खण्डमा उजुरी गर्न आग्रह गर्दै जुग्जालीले पिडित सर्वसाधारणको न्यायका लागि आफु लड्ने प्रतिवद्धता जनाउनुभयो ।

“म्याग्दीबासीले जुन बिश्वास र भरोसा गर्नु भएको छ त्यो जिम्मेवारीबाट कुनै पनी हालतमा दायाँ बायाँ गर्ने छैन,” उहाँले भन्नुभयो “मेरो बल बुद्धिले भ्याए सम्म समृद्ध म्याग्दीको अभियानमा निरन्तर लाग्ने छु । सार्वजनिक व्यक्तिले विभिन्न विषयको सामना गर्नु पर्ने बारेमा म जानकारनै छु । म विरूद्ध भएका षड्यन्त्रहरूको व्यवहार बाटनै जवाफ दिदै जान्छु ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *