बागलुङमा ट्राफिक सप्ताह शुरु


सुजन रेग्मी, बागलुङ

सडक अनुशासन तथा दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ जिल्ला ट्राफिक कार्यालय बागलुङले सोमबारदेखि ट्राफिक सप्ताह कार्यक्रम शुरु गरेको छ ।

सप्ताहको उद्घाटन पछि बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले ट्राफिक नियमको पालना गरेमा दुर्घटनाबाट बच्न सकिने बताउनुभयो । उहाँले बालकलाई हेलमेट लगाएर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ तथा धौलागिरी बस प्रालिका अध्यक्ष उमेश केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।



ट्राफिक सप्ताह अन्र्तगत पहिलोदिन लघु सचेतना कार्यक्रम, प्रचार तथा पम्प्लेट बितरण, लामो दुरिका सवारीसाधनमा ट्राफिक सप्ताह शुरु ब्यानर टास गरिएको छ ।

दोश्रो दिन चोक–चोकमा ट्राफिक प्रहरी सहित स्वसेवक परिचालन गर्ने, प्रचा पम्लेट वितरण गर्ने स्वमंसेवकद्वारा ट्राफिक नियमको बाचन गर्ने, पैदल यात्रुलाइ बाटो काट्न सिकाउने, गल्ती गर्ने चालक र सह–चालकलाई सचेत बनाउने, सडकका खाल्डा खुल्डी पुर्ने र अव्यवस्थित पार्किङ हटाइनेछ ।

सप्ताहको तेस्रो दिन ग्रामिण सडक लक्षित गरि कार्यक्रम सञ्चालन गर्ने, प्रचार पम्लेट बितरण, यात्रुबाट ट्राफिक नियमको बाचन गर्ने ,चालकबाट बाचन गर्ने, स्टिकर टास्ने र मास्क वितरण गरिनेछ ।
यस्तै चौथो दिन सदरमुकाम लक्षित चालक परिचालक प्रशिक्षण कार्यक्रम गर्ने, पाँचौ दिन सडक प्रयोगकर्ता प्रशिक्षण कार्यक्रम गर्ने र छैठौं दिन सवारी चालकहरुमा स्वास्थ परिक्षण गर्ने र अन्त्म दिन पत्रकारहरु बीच ट्राफिक दुर्घटना न्युनिकरण सम्बन्धी समिक्षा सहितको अन्तरक्रिर्या कार्यक्रम गर्ने र समापनमा दिप प्रज्वलन कार्यक्रम गर्ने जिल्ला ट्राफिक कार्यालय बागलुङका सुचना अधिकारी प्याम नारायण पौडेलले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *