आदर्श अनलाइन, बागलुङ
बागलुङमा परिवार योजना, सुरक्षित मातृत्व, तथा नवजात शिशु सम्बन्धी पत्रकार अन्तरक्रिर्या कार्यक्रम सम्पन्न गरिएको छ ।
बुद्ध हेल्थ प्रोमोशन एजुकेशन सेन्टर, राष्ट्रिय स्वास्थ्य शिक्षा,सूचना तथा सञ्चार केन्द्र र स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा पत्रकारहरुलाई बागलुङ जिल्लाको परिवार योजना, सुरक्षित मातृत्व तथा नवजात शिशुको हालको अवस्थाको विषयमा सहजीकरण गरिएको थियो ।
कार्यक्रममा गर्भवती महिलाको गर्भ परिक्षण, शुन्य होमडेलीभरी, परिवार योजना र सुत्केरीपछिको स्वास्थ्य सेवाका विषयमा अन्तरक्रिर्या कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले बागलुङ जिल्लाको संस्थागत सुत्केरी, बाल मृत्युदर र परिवार नियोजनको अवस्थाको विषयमा जानकारी गराउनुभएको थियो ।
यस्तै कार्यक्रममा धौलागिरी अस्पताल बागलुङका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. विजय ओझाले धौलागिरी अस्पतालको प्रसुती सेवा सम्बन्धी पत्रकारहरुलाई जानकारी दिनुभएको थियो ।
कार्यक्रममा स्वास्थ्य शिक्षा अधिकृत इन्द्र बहादुर बाँनिया र लक्ष्मी नारायण देवले परिवार योजनाका विषयमा पत्रकारहरुलाई सहजीकरण गर्नुभएको थियो । कार्यक्रम सामाजिक स्वास्थ्य नर्स सिमा कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो ।