प्रिसियस एकेडेमीका विद्यार्थी बिच एक दिने ध्यान शिविर

सरु थापा, बागलुङ

बालबालिकामा बढ्दो दुव्र्यशनी रोक्न र सकरात्मक सोचको विकास गर्नको लागि विद्यार्थीलाई ध्यान केन्द्रित गराउनुपर्ने एक कार्यक्रमका सहभागिले बताएका छन् ।

२६४७ औं बुद्ध जयन्तीको अवसरमा प्रिसियस एकेडेमीका विद्यार्थीको लागि आयोजना गरिएको एक दिवसीय ध्यान शिविरमा सहभागी विद्यार्थी र शिक्षकले तनाव व्यवस्थापन, अध्यन अध्यापनमा एकाग्रता र सकारात्मक सोचको विकास गर्नको लागि ध्यान गर्न जरुरी रहेको बताएका हुन् ।

प्रिसियस एकेडेमीको कक्षा १० मा अध्यन गर्ने विद्यार्थीले आयोजना गरेको शिविरको उद्घाटन गर्ने एकेडेमीको व्यवस्थापन समितिका सदस्य मञ्जुल शाक्यले पठन पाठनसँगै हरेक विद्यालयले विद्यार्थीमा ध्यान गर्ने संस्कृतको विकास गर्नुपर्ने बताउनुभयो । शाक्यले प्रिसियस एकेडेमीले विहानी प्राथनाको समयमै हरेक दिन विद्यार्थीलाई योगा र ध्यान संस्कृतीको विकास गर्ने प्रयोग गरिरहेको भन्दै सबै विद्यालयहरुले अनुशरण गर्नुपर्ने बताउनुभएको थियो ।

शिविरको ओशो अमृतम ध्यान केन्द्र बागलुङका सञ्चालिका मा आत्मो जोत्स्नाले विद्यार्थीको विचमा सहजिकरण गर्नुभएको थियो ।

शिविरमा प्रिसियस एकेडेमीको कक्षा ३ देखि १० सम्मका १०० जना विद्यार्थी सहभागी भएका थिए ।
एकेडेमीले शिक्षकहरुको लागि पनि ध्यान शिविरको आयोजना गर्ने तयारी गरेको बताएको छ ।
शिविर कक्षा १० का विद्यार्थी शमिर रोकाको अध्यक्षता, शिक्षक पंकज गुप्ताको स्वागत, कक्षा १० का विद्यार्थी सुवाशना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *