ट्राफिक सप्ताहको चौथो दिन विभिन्न कार्यक्रम गरी मनायो


सुजन रेग्मी, बागलुङ
ट्राफिक सप्ताहको चौथो दिन बागलुङ ट्राफिकले विभिन्न कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा बागलुङ ट्राफिकले मास्क बितरण, स्टिकर टास, यात्रु सचेतक कार्यक्रम मनाएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि एवं प्रहरी निरीक्षक बसन्त कुमार भुजेलले ट्राफिक नियम पालना गर्न र गराउन अनुरोध गर्नु भएको थियो ।

उक्त कार्यक्रमका विशिष्ट अथिति एबम ट्याक्सी ब्यबसायी बलराम सापकोटाले सवारी साधन दुर्घटना न्युनिकरण गर्न सबै चालक र सह–चालकलाई अनुरोध गर्नु भएको थियो । टेम्पो ब्यबसाय समेत रहेका युवराज बिकले आफूहरुले यात्रुहरुलाई सुरक्षित र आफुहरुको ज्यान जोखिम मोलेर भएनी यात्रुहरुलाइ गन्तव्य पुराइ राखेको बताउनुभयो ।

कार्यक्रमको अध्यक्षतामा वडा नं ३ का वडा अध्यक्ष लक्ष्मण केसी (सनी)ले ट्राफिक प्रहरीहरुमा शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा ट्राफिक प्रहरी र उपस्थित सबैको रोहवरमा सवारीहरुमा स्टिकर टाँस गरी कार्यक्रम सम्पन्न भएको थियो ।

ट्राफिक प्रमुख एबम कार्यक्रम सञ्चालक मीन बहादुर खड्काले गल्ती गर्नेलाई सजाए गर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *