एसईई कप फुटसल प्रतियोगिताको उपाधि चिल्ड्रेन लाईफलाई

रोहन जि.सी, बागलुङ

बागलुङमा आयोजित अन्तर विद्यालय स्तरीय एसईई कप फुटसल प्रतियोगिताको उपाधि चिल्ड्रेन लाईफ ईङ्लिस बोर्डिङ स्कुलले हासिल गरेको छ ।

प्रवुद्ध युवा समुह बागलुङले आयोजना गरेको फाईनल खेलमा अमर आदर्श आवसीय विद्यालय बागलुङलाई पेनाल्टि सुटआउटमा ५–४ गोलले पराजित गर्दै चिल्ड्रेन लाईफ विजेता बनेको हो ।
खेलको अतिरिक्त समयसम्म २–२ गोलको बराबरी भए पश्चात खेल पेनाल्टी सुटआउट भएको थियो ।

बुधबार देखी शुरु भएको खेलमा १८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा विजेता चिल्ड्रेन लाईफले नगद १५ हजार र उपविजेता अमर आदर्शले १० हजार नगद, ट्रफी र मेडल प्राप्त गरेका छन् । प्रतियोगिताको फाइनल खेलमा मेन अफ द म्याचको उपाधि चिल्ड्रेन लाईफका बरदान थापा मगर घोषित भएको थिए । उनले २ गोलको अग्रतामा रहेको अमर आदर्शको विरुद्ध प्रतियोगिताकै उत्कृष्ट २ गोल गरी बराबरी बनाएको प्रवुद्ध युवा समुहका संयोजक रोहित सुनारले जानकारी दिनुभयो।

प्रतियोगितामा चिल्ड्रेन लाईफका लोकन्द्र थापा वेष्ट पेलेयर, चिल्ड्रेन लाईफकै प्रवेश सुवेदी वेष्ट किप्पर, इमर्जिङ प्लेयरको उपाधि अमरका सन्देश थापा, बेष्ट डिफेन्डर सन्जय थापा र प्रतियोगिता अवधिभर ८ गोल गर्दै सिदार्थ शिक्षा सदनका दिप श्रेष्ठले हाई स्कोरको अवार्ड प्राप्त गरेको खेल संयोजक विपिन भण्डारीले बताउनुभयो । प्रतियोगितामा अनुशासिन टिमको उपाधी सिदार्थ शिक्षा सदनलाई प्रदान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *