प्रेस सेन्टर बागलुङको साधारणसभा गलकोटमा

आदर्श अनलाइन, बागलुङ
प्रेस सेन्टर नेपाल बागलुङको १५ औं बार्षिक साधारणसभा जिल्लाको गलकोट हटियामा शनिबार सम्पन्न भएको छ । साधारणसभा सभाको उद्घाटन पछि बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रिय महासचिव सन्तोष पौडेलले भुटानी शरणार्थी, भष्ट्रचारको विषय प्रधानमन्त्रीले सरकारले उठाएको कदममा उच्चताका साथ दिनुपर्ने बताउनुभयो ।

पत्रकारको न्युनतम पारपश्रमिलभउक व्यवस्थापन र पत्रकारिता पेशा प्रतिको निरन्तरता,पत्रकारको संरक्षण, व्यवस्थापनमा प्रेस सेन्टर लागिरहेको बताउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र बाग्लुङ जिल्ला इन्चार्ज बलावती शर्माले पत्रकारिताको महत्वव वर्तमानमा झनै बढेकोले पत्रकार निष्पक्ष हुनुपर्ने बताउदै राष्ट्रिय राजनितीमा भएका भष्ट्रचारका काण्डहरुलाई थप पेचिलो बनाउन पत्रकारको महत्वपूर्ण भुमिका हुने बताएउनु भएको छ ।

उहाँले अहिले पत्रकार र पत्रकारिता पेशामा विभिन्न समस्याहरु रहेकोले ती समस्या छलफल गरि समाधान गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे, प्रेस सेन्टर नेपाल केन्द्रिय लेखा समिति सचिव अमृतराज उपाध्याय, केन्द्रिय सदस्य मुकश चन्द्र राजभण्डारी, प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्ले, बागलुङ नगरपालिका उपप्रमुख राजु खड्का, ताराखोला गाउँपालिका अध्यक्ष धन बहादुर वि.क (हिमाल), नेकपा माओवादी केन्द्र गलकोट नगर अध्यक्ष चन्द्रदत्त रेग्मि,नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सरिता खत्री, प्रेस युनियन बागलुङका उपाध्यक्ष संगम घर्ती, प्रेस चौतारि बागलुङका सचिब कमल पौडेल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

वार्षिक साधारण सभाको अवसरमा ढोरपाटन राष्ट्रिय दैनिकका सम्पादक रामकृष्ण बोहरा र सामुदायिक रेडियो गल्कोट एफ एम का स्टेशन प्रमुख जीवनकला खत्री (सरिता) लाइ नगद १० / १० हजार राशी पुरस्कार सहित सम्मान पत्रद्वारा सम्मान गरिएको छ ।

प्रेस सेन्टर बागलुङले स्थापना गरेको भक्त जगकुमारी स्मृति पत्रकारिता पुरस्कारबाट जीवनकला खत्री (सरिता) र श्याम चन्द्रकली स्मृति पत्रकारिता पुरस्कारबाट रामकृष्ण बोहरा सम्मानित हुनुभएको हो । कार्यक्रम प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता, उपाध्यक्ष सज्जन कुमार स्वागत र सचिव अनिश खातीको संचालमा सम्पन्न भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *