नेत्र ज्योती सघं बागलुङको १० औँ जिल्ला सभा सम्पन्न

आदर्श अनलाइन, बागलुङ
नेपाल नेत्रज्योती संघ बागलुङको १० औ जिल्ला सभा सम्पन्न भएको छ । सभाको उद्घाटन नेपाल नेत्रज्योती सघंका केन्द्रिय अध्यक्ष प्रा.डा चेतराज पन्तले गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै पन्तले नेत्रज्योति सँघले बिद्यमान चुनौतीको सामना गर्दै जनता लाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा नेपाल नेत्रज्योती संघका केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेश सभापति प्राःडा डिल बहादुर क्षेत्री, केन्द्रिय सचिव हरिप्रसाद पौडेल, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, निवर्तमान नगरप्रमुख जनकराज पौडेल, नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाका सभापति जगन्नाथ आचार्य, नेपाल नेत्र ज्योती सघंका निवर्तमान सभापति धुव्रबहादुर केसी, संस्थापक सभापति देब बहादुर श्रेष्ठ, सघंका म्याग्दी शाख सभापति अमर बानिया र आजिवन सदस्य ईन्द्र कुमारी आचार्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संस्थामा महत्वपुर्ण योगदान पुर्याउने संस्थापक अध्यक्ष देबबहादुर श्रेष्ठ,पद्यमचन्द्र राजभण्डारी, पर्शुराम श्रेष्ठ,निवर्तमान सभापति धुव्रबहादुर केसी, पुर्वसभापति मुरारीदक्त शर्मा लगायतलाई सम्मान गरिएको सघंका सभापति भरतपुरीले जानकारी दिनुभयो । सभामा नेत्रज्योती सघंका सचिव बालकृष्ण शर्माले प्रगति र कोषाध्यक्ष लक्ष्मण प्रसाद शर्माले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम नेपाल नेत्रज्योती संघ बागलुङ शाखाका सभापति भरत पुरीको अध्यक्षता, उप–सभापति बिन्दुसागर राजभण्डारीको स्वागत र सचिव बालकृष्ण शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *