बेनीमा उद्घोषण तालिम

आदर्श अनलाइन, म्याग्दी
क्षत्री महिला समाज म्याग्दीको आयोजनामा बेनीमा सकारात्मक सोच तथा उद्घोषण कला सम्बन्धी तालिम भएको छ । ‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति क्षत्री एकता, आजको आवश्यकता’ भन्ने मूल नारासहित भएको तालिममा ४० जना महिलाहरुको सहभागिता रहेको थियो ।

क्षत्री समाज म्याग्दीका अध्यक्ष लक्ष्मी केसीले तालिमको अवधिभर ध्यानपूर्वक सक्रिय रुपमा सहभागीभएकोमा खुशी व्यक्त गर्दै वर्तमान समयमा सकारात्मक सोच तथा उद्घोषणका साथै भाषणकला समेत आवश्यक रहेको बताउँदै त्यसमा पनि महिलाहरुलाई उद्घोषणसम्बन्धी कला थप आवश्यक रहेकोले त्यसको परिपुर्तीका लागि तालिम आयोजना गरिएको बताउनुभयो ।

बेनी नगरपालिकाकी निवर्तमान उपप्रमुख सन्जु बरुवालले महिला दिदीबहिनीहरुको व्यक्तित्व र नेतृत्व तथा क्षमता विकास गर्नका लागि तालिम आयोजना गरिएको जानकारी दिनुभयो । क्षत्री महिला समाजका अध्यक्ष बरुवालको अध्यक्षता, क्षत्री समाजका उपाध्यक्ष कमला खत्री जिसीको स्वागत र महिला समाजका सचिव कल्पना खत्रीको सञ्चालनमा सम्पन्न उद्घाटन कार्यक्रममा सञ्चारिक समूह म्याग्दीका अध्यक्ष देवी जिसीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तीन दिनसम्म चलेको तालिममा ४० जना महिलाहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । तालिमको पत्रकार तथा उत्प्रेरक सुष्मा पौडेलले सहजीकरण गर्नुभएको थियो । तालिममा सकारात्मक सोच, उद्घोषण तथा भाषणकला, व्यक्तित्व तथा नेतृत्व विकास, औपचारिक कार्यक्रम सञ्चालनको तरिका, संविधानमा महिलाको हक एवं अधिकार, कानुनी ज्ञानलगायत विषयहरुमा सहजीकरण भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *