अनेरास्ववियू र युवा संघको स्थापना दिवसमा दिप प्रज्ज्वलन

आदर्श अनलाइन, बागलुङ

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको ५९ औं तथा युवा संगठन राष्ट्रिय युवा संघको ३४ औं स्थापना दिवसका अवसरमा सोमबार साझ बागलुङमा दिप प्रज्ज्वलन गरिएको छ ।

दुवै भातृ संगठनको संस्थागत विकास र समाज रुपान्तरणमा थप प्रभावकारी भूमिकाको कामना सहित स्थापना दिवसका अवसरमा दिप प्रज्ज्वलन कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सह–इन्चार्ज मन कुमारी केसीले आम समुदायलाई राजनीतिक रुपमा सचेत बनाउदै आर्थिक सामाजिक रुपान्तरणको अभियानमा युवा विद्यार्थीहरुको भूमिका थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको थियो ।
मुलुकमा सुशासन कायम गर्न तथा आर्थिक विकासका लागि युवा उद्यमतर्फ आम युवाहरुलाई आकर्षित गर्नका लागि राज्यलाई युवामैत्री नीति निर्माणका लागि दवावमुलक अभियान सञ्चालन गर्न उहाँले आव्हान गर्नु भयो ।

कार्यक्रममा अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य यमुना काउचा, नेकपा एमाले बागलुङका सदस्य तथा विद्यार्थी इन्चार्ज शेखर खड्का, युवा संघ बागलुङका अध्यक्ष बुद्ध बोहरा, अनेरास्ववियूका जिल्ला अध्यक्ष रोशन जिसी, युवा संघ बागलुङ नगर कमिटिका अध्यक्ष निकेश अधिकारी, अनेरास्ववियूका सहसचिव मनिष कंडेल लगायतले राजनीति र समाज रुपान्तरणमा युवा विद्यार्थीहरुको भूमिका प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमको सञ्चालन विजय शर्माले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *