आदर्श सञ्चार सहकारी संस्थाद्वारा राहत हस्तान्तरण

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सदस्यका एकाघरका परिवारको निधनमा दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
संस्थासँग एकिकरण गरेको म्याग्दीको जगन्नाथ बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्य डम्बर बहादुर बानियाँका पत्नी भेषकुमारी बानियाँको निधनप्रती दुख व्यक्त गर्दै राहत हस्तान्तरण गरेको हो ।

बानियाँको निधन भएको ११ औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभाको आयोजना गरेर शेयर सदस्यको एकाघरका परिवारका सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत रकम रु. पाँच हजार हस्तान्तरण छ ।

श्रद्धाञ्जली कार्यक्रममा संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जि.सी.ले सहकारी आर्थिक कारोबार गर्ने संस्था मात्र नभई सदस्यहरुको सुख दुखमा साथ दिने सहयोगी संस्था भएको बताउनुभयो । उहाँले आदर्श सञ्चार सहकारीले सञ्चालन गरेको सदस्य राहतकोषका बारेमा जानकारी गराउनु भएको थियो ।

संस्थाका सम्पादक रामबहादुर जिसी, म्याग्दी संवाददाता अमृत बास्कुने, कर्मचारी सीता केसी जगन्नाथ बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष पहल बहादुर खत्री, शेयर सदस्यहरु भीमबहादुर बानियाँ, रिमा बोहोरा, दिपा बुढाथोकी लगायतको उपस्थिति थियो ।

को उपस्थित राहत हस्तान्तरण गरिएको हो । आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा रु. १५ हजार र शेयर सदस्यका एकाघरका परिवारका सदस्यको निधनमा रु. ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकाल देखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *