नसर्ने रोगका बिरामी खोज्दै बेनी अस्पताल

आदर्श अनलाइन, म्याग्दी
बेनी अस्पतालले ग्रामीण भेकमा हुन सक्ने सम्भावित रोगीहरुको पहिचानका लागि नसर्ने रोगको स्कीनिङ सञ्चालन गर्ने गरेको छ । ग्रामिण भेकमा नसर्ने रोगका बिरामीहरु धेरै हुने तर रोग पहिचान नै नभएर जटिल अवस्थामा पुगेपछि मात्रै थाहा हुने भएकाले त्यस्तो रोग पहिचान गर्नका लागि स्कीनिङ शिविर सञ्चालन गर्ने गरिएको हो ।

पछिल्लो समय उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । उक्त शिविरमा शिविरबाट २५ जना पुरुष र ८५ जना महिला गरी एक सय १० जना नागरिकहरुले सेवा लिएका छन् ।

भगवतीमा सञ्चालित शिविरबाट रक्तचाप उच्च भएका १३ जना पुरुष र १६ महिला गरी २९ जना फेला परेका छन् । त्यस्तै मधुमेहका बिरामी दुईजना पुरुष र ६ जना महिला गरी ८ जना भेटिएको बेनी अस्पतालका मेडिकल अधिकृत रामु सापकोटाले बताउनु भयो । त्यसैगरी पिसाबमा मधुमेहको मात्रा दुई महिला र दुई पुरुष गरी चार जनामा भेटिएको उहाँले बताउनुभयो ।

रघुगंगा गाउँपालिकाको भगवती स्वास्थ्य चौकीमा आयोजना गरीएको स्वास्थ्य शिविरमा बेनी अस्पतालका मेडिकल अधिकृतहरु डाक्टर रामु सापकोटा, बिद्या बानियाँले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । त्यसैगरी ल्याब सम्बन्धी सेवा ल्याब असिस्टेन्ट कमला पौडेल लगायतको टोलीले दिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *