धवलागिरीको प्रशासनिक भवन बन्दै

अमृत बास्कुने, म्याग्दी
पश्चिम म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिका–६ मराङले आफ्नो जनतालाई प्रवाह गर्ने सेवा मजबुत होस भन्ने हेतुले आफ्नै प्रशासकिय भवन निर्माण गर्न लागेको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले वडा कार्यालयको प्रशासकिय भवनको शिलन्याश गर्नुभएको छ । चार कोठा हुने एक तले भवन निर्माण गर्न लागिएको वडा अध्यक्ष राजाराम उपाध्यायले बताउनुभयो ।

एक करोड रुपियाँको लागत अनुमान गरिएको उक्त भवन निर्माणका लागि पि एण्ड बि कन्ट्रक्सनले ८५ लाख रुपियाँमा ठेक्का सम्झौता गरेको छ । आगामी असार महिनाभित्रमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको वडा अध्यक्ष उपाध्यायले जानकारी दिनुभयो । सम्झौता अनुसार नै निर्धारित समयमै निर्माण सम्पन्न गर्ने लक्ष्य सहित उपकरण र मजदुर परिचालन गर्नुका साथै निर्माण सामग्री व्यवस्थापन गरीएको निर्माण कम्पनीका प्रतिनिधि शिव बानियाले जानकारी दिनुभयो ।

वि.स. २०७७ असार अन्तिम साताको पहिरोले आमा समूह भवनमा सञ्चालित वडा कार्यालयको सम्पूर्ण सामग्री बगाएको थियो । पहिरोले बगाएपछि मराङ स्वास्थ्य चौकीको भवनबाट वडा कार्यालयको सेवा सञ्चालन गरिएको छ । स्वास्थ्य चौकीको भवनबाट सेवा दिँदै आएको भए पनि सहज नभएको हुनाले आफ्नै भवन निर्माण गरेर त्यहीबाट कार्यालय सञ्चालनका लागि शिलन्यास गरिएको वडा अध्यक्षको भनाई छ ।

धवलागिरी गाउँपालिकाको भवन पनि घट्टखोलामा निर्माण कार्य भैरहेको छ । यसैगरी वडा नम्बर १ गुर्जा र ३ मुनामा स्वास्थ्य चौकीको भवन निर्माण सकिएको, मुदीमा स्वास्थ्य चौकी भवन निर्माण शुरु भएको गाउँपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *