बागलुङमा सम्झिए मदन–आश्रीत


आदर्श अनलाइन, बागलुङ

आज ३० औं मदन आश्रीत स्मृति दिवस । मदन–आश्रतिको संम्झानामा निर्माण गरिएको मदन आश्रीत पार्कमा मदन आश्रीतको चर्चा परिचर्चा संगै पार्क सरसफाई गरी मदन आश्रीतलाई स्मरण गरिएको छ ।


बागलुङमा मदन भण्डारी तथा जिवराज आश्रीतको स्मृति दिवसको अवसरमा बागलुङमा अन्तरक्रिर्या र सरसफाई कार्यक्रम गरी ३० औं स्मृति दिवस मनाइएको छ ।

३० औं मदन–आश्रीत स्मृति दिवसको अवसरमा बागलुङ नगरपालिका–१ रामरेखा स्थित मदन–आश्रीत स्मृति पार्क सरसफाई गरिनुका साथै मदन आश्रीतको तस्विरमा माल्याणपन गरिएको थियो ।

रामरेखामा रहेको मदन आश्रीत पार्क सरसफाईका लागि पुगेका नेकपा एमालेका नेता कार्यकर्ताहरुले मदन–आश्रीतको प्रेरणाका कारणे राजनीतिमा होमिएको बताएका थिए ।

मदन आश्रीत पाकको सरसफाई तथा चर्चा परिचर्चा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा गण्डकी प्रदेश सह–यन्चार्ज मन कुमारी केसीले जबजको मार्गदर्शनमा समाजवाद प्राप्तीका लागि अझै लामो यात्रा गर्न आवश्यक रहेको बताउनुभयो ।

“सुशासन, न्याय, सम्मान र समानता सहितको सुख–समृद्धि प्राप्तिका लागि हिंसा, हत्या, अन्याय र असत्यको विरुद्ध अझै संघर्ष गर्नुछ” केसीले भन्नुभयो “मदन भण्डारीले भन्नु भएझैं राजनीतिमा थकाई भन्ने शव्दावली हुँदैन भन्ने सत्यलाई आत्मसात गनर्न सबै नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।”

जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको लक्ष्य प्राप्त गर्न निरन्तर, अथक कठीन यात्रा जारी राख्न एकतावद्धभै अघि बढ्नु नै मदन–आश्रीतको मार्गदर्शक रहेको कार्यक्रममा पुगेका नेता तथा कार्यकर्ताहरुले बताएका थिए । २०५० साल जेठ ३ गते दासढुंगामा जिप दुर्घटना गराएर भण्डारी र जीवराज आश्रितको हत्या भएको थियो । मदन आश्रीतकको नाममा २०५४ सालमा बागलुङमा पाँच रोपनी जग्गामा स्मृति पार्क बनाइएको हो । सरसफाई कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष हिरा बहादुर केसी, बागलुङ नगर कमिटि अध्यक्ष धन बहादुर परियार लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *