आर्दश अनलाइन, बागलुङ
मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले पालिका भित्रका सहकारीको प्रवद्र्धन र विकासका लागि सहकारी अभियानसंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
राष्ट्रिय सहकारी बैंकले स्थानीय तहले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा सहकारीका क्षेत्रमा काम गर्नका लागि पेश गरेको सुझाव बुझ्दै गाउँपालिका अध्यक्ष शर्माले यस्तो बताउनु भएको हो ।
पालिकालाई सहकारीको दर्ता, नियमन र प्रवद्र्धनको जिम्मेवारी रहेपनि प्रभावकारी रुपमा अगाडि बढाउन नसकिएको भन्दै उहाले जिल्लाको सहकारी अभियानसंगको सहकार्यमा सहकारीहरुको संस्थागत विकास र सदस्यहरुलाई आयआर्जनका क्षेत्रमा अगाडि बढाउने बताउनु भएको थियो ।
बैंकले देशभरका सबै पालिकालाईहरुलाई सहकारीमैत्री नीति निर्माण र सहकारीको प्रवद्र्धनका लागि बजेट विनियोजन गर्नका लागि १४ बुदे सुझाव दिइएको बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले जानकारी दिनुभयो ।
बैंकका तर्फबाट जिल्ला सहकारी संघ लिमिटेड पर्वतका अध्यक्ष शेषराज रेग्मी, कोषाध्यक्ष देवी क्षेत्री, सहकारीकर्मी प्रतिमान पौडेललेले सोमवार गाउँपालिका अध्यक्ष शर्मालाई सुझाव हस्तान्तरण गर्नुभएको हो ।