बागलुङमै मेरुदण्डको सफल शल्यक्रिया

आदर्श अनलाइन, बागलुङ
बागलुङको धौलागिरी अस्पतालमा पहिलो पटक मेरुदण्डको शल्यक्रिया सफल भएको छ । मेरुदण्डको हड्डी भाच्चिएर समस्यामा पर्नुभएका बागलुङ जिल्ला निवासी ५२ वर्षीय एक पुरुषकोे बुधबार सफल शल्यक्रिया गरिएको धौलागिरी अस्पताल बागलुङले जनाएको छ ।

विशेषज्ञ अर्थोपेडिक सर्जन डा. विनित ढकाल, डा. समिर लामिछाने, डा. प्रमेश थापा र न्यूरो सर्जन डा. राजन शर्मा, एनेस्थेसियोलोजिष्ट डा. अमित ढुंगाना र वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक देवी भट्टराई लगाएतको समूहले

अस्पतालमा पहिलो पटक सफल शल्यक्रिया गरेको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरीटेण्डेन्ट डा. रवि रन्जन प्रधानले जानकारी दिनुभयो । “अहिले धौलागिरी अस्पतालमा अर्थोपेडिक चिकित्सहरु हुनुहन्छ, यस अघि कम्मरको हड्डी भाचिएको सफल शल्यक्रिर्या गरिएको थियो” प्रधानले भन्नुभयो “रिफर सेन्टरको रुपमा चिनिएको अस्पतालले पछिल्लो समय विशेषज्ञ सेवाहरुलाई थप गर्दै विरामीको मन जित्दै आएको छ, अस्पातलमा अहिले देनिक ४००को हाराहारीमा विरामीहरु अउउने गरेका छन् ।”

मेरुदण्डको शल्यक्रियाको लागि विरामीहरु पोखरा, भरतपुर काठमाण्डौं जाने गरेकोमा बागलुङको धौलागिरी अस्पतालमै मेरदण्डको सफल शल्यक्रिर्या गरिएको प्रधानको भनाई छ । महङ्गो उपचारका रुपमा मानिदै आएको मेरदण्डको शल्यक्रिर्या बागलुङ्कै सरकारी अस्पतालमा भएपछि सहज हुने असपतालको भनाई छ ।

पछिल्लो समय विशेष्ञ चिकित्सहकरु थप भएसंगै अस्पतालले ओपिडी सेवा बाहेकका अन्य विशेष प्रकारका सेवाहरु समेत दिन थालिएको हो । धौलागिरी अस्पतालमा मेरुदण्डको शल्यक्रिया लगायत अन्य जटिल शल्यक्रियाहरु जोर्नी प्रत्यारोपण र कम्मरको हड्डी भाँचिएको शल्यक्रिया लगाएतका अन्य शल्यक्रिया सम्बन्धी सेवा समेत अस्पतालले दिदै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *