आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेश सभाका सदस्य कृष्ण पाठकले इमेज वचत तथा ऋण सहकारी संस्था लिमिटेड र शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका वचतकर्ताहरुको रकम फिर्ता गर्ने वातावरण गराउन गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
प्रदेश सभामा आइतवार विशेष समय लिएर सांसद पाठकले वेपत्ता भएका सञ्चालकहरुको चल अचल सम्पत्ती बेच बिखन गरी वचतकर्ताहरुको रकम फिर्ताका लागि गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।
दुवै सहकारीका सञ्चालकहरु वेपत्ता भएको र वचतकर्ताहरु यतिबेला आफ्नो रकम जोखिममा परेका कारण संकटमा रहेको भन्दै उहाले गण्डकी प्रदेश सरकारले यस्ता विषयमा तत्काल कदम चाल्नु पर्नेमा जोड दिनुभएको छ ।
बागलुङ र पोखरामा गरी इमेज सहकारीले १ अर्ब ९९ करोड र शिव शिखरले ४५ करोड रुपैया जोखिममा पारेको पाठकले बताउनु भएको छ ।
नेकपा एमालेका तर्फबाट गण्डकी प्रदेशसभाका सदस्य पाठकले प्रदेश सरकारका तर्फबाट प्रभावकारी कदम चाल्न सके वचतकर्ताको रकम फिर्ता गर्न सहज हुने बताउनु भएको छ ।