वित्तीय साक्षरतालाई थप प्रभावकारी बनाऔँ : प्रमुख जिल्ला अधिकारी श्रेष्ठ

आदर्श अनलाइन, बागलुङ
बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले आफ्ना सदस्यहरुलाई जागरुक बनाउनका लागि सहकारीहरुले वित्तीय साक्षरता अभियानलाई थप प्रभावकारी बनाउनुु पर्नेमा जोड दिनु भएको छ ।

जिल्ला सहकारी संघ बागलुङ र विषयगत संघहरुका तर्फबाट सहकारी सुधारका लागि सरकारले गर्नु पर्ने १३ बुदे माग बुझेपछि सहकारीकर्मीहरुसंग कुरा गर्दै उहाँले यस्तो सुझाव दिनु भएको हो । केही सहकारी जो, नियमसंगत रुपमा चलेका छैनन्, तिनका कारण नीतिगत रुपमा सञ्चालन भएका, आफ्ना शेयर सदस्यहरुसंग मात्रै कारोबार गरेका र सहकारीको मर्म र भावना आत्मसात गरेका सहकारीहरुमा पनि समस्या बढ्दै गएको छ, प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भन्नुभयो,–‘यस्तो बेलामा नीतिगत रुपमा सञ्चालनमा रहेका सहकारीहरुले आफ्ना सदस्यहरुलाई जागरुक बनाउनका लागि वित्तीय साक्षरता लगायत सचेतना अभियानलाई थप प्रभावकारी बनाउनु पर्दछ ।’

बागलुङमा सञ्चालित २ वटा सहकारीले वचतकर्ताहरुको ठुलो रकम जोखिममा पारिदिएका कारण आम समुदायमा सबै सहकारीका बारेमा गलत धारणाको विकास भएको छ, यस्तो बेलामा सहकारी अभियानले अगुवाई गरेर सदस्य लगायत आम समुदायलाई सचेत बनाउन उहाँले सुझाव दिनुभएको छ ।

No description available.

सहकारीमा राखेको वचत सुरक्षित छ, सदस्यहरुसंग ऋण लगानीमा छ, सहकारीको मर्म र भावना अनुसार नै चलेको छ भन्ने कुरा आम समुदायलाई विश्वस्त पार्नका लागि सबै सहकारीहरुले वित्तीय साक्षरता लगायत संस्थागत सचेतना प्रदान गर्नु पर्नेमा प्रमुख जिल्ला अधिकारी श्रेष्ठको जोड थियो ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले इमेज र शिवशिखर सहकारीमा आएको समस्या समाधान गर्न र वचतकर्ताको रकम फिर्ताका लागि संघीय सहकारी विभाग र प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयसंग नियमित रुपमा समन्वय भइरहेको पनि जानकारी गराउनु भयो ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई १३ बुदे माग पत्र बुझाउदै जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)ले सहकारीमा देखिएका समस्या समाधानका लागि सहकारी ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयनमा जोड दिनु भएको थियो ।

No description available.

सरकारले कर्जा सुरक्षण केन्द्र, कर्जा न्यायाधिकरण लगायत सहकारी ऐनमा व्यवस्था भएका विषयहरु कार्यान्वयन नगरेका कारण सहकारीबाट ऋण लगेर भुक्तान नगर्नेहरुको संख्या बढ्दै गएकोले पनि सहकारीहरुमा समस्या आएको भन्दै उहाँले सरकारले छिटो भन्दा छिटो सहकारीलाई सहजता प्रदान गर्ने कानुनहरु निर्माणका लागि समन्वय गरिदिन प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई आग्रह गर्नुु भयो ।

जिल्ला सहकारी संघका अध्यक्ष जिसीको नेतृत्वमा गएको जिल्ला सहकारी संघका पदाधिकारी सदस्यहरु, विषयगत सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत सहकारीकर्मीहरुको टोलीले राष्ट्रिय सहकारी महासंघले अगाडि सारेका १३ बुदे माग प्रमुख जिल्ला अधिकारी श्रेष्ठ मार्फत संघीय सरकारलाई पठाएको जिल्ला सहकारी संघ बागलुङका सचिव तेज प्रसाद शर्माले जानकारी दिनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *