पूर्व राष्ट्र सेवक संगठन राष्ट्रिय परिषद् नेपाल बागलुङको अध्यक्षमा श्रेष्ठ चयन

आदर्श अनलाइन, बागलुङ
पूर्व राष्ट्र सेवक संगठन राष्ट्रिय परिषद् नेपाल बागलुङ शाखाको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले पूर्व राष्ट्र सेवक कर्मचारी अनुभव र सिपमा पोक्त हुने हुँदा उनीहरुबाट ज्ञान, सिप र अनुभव लिएर काम गर्दा राष्ट्रलाई फाइदा हुने बताउनुभयो । उनीहरुले मुलुक परिवर्तनमा ठूलो भूमिका खेलेको समेत बताउनुभयो ।

अधिवेशनले चिरञ्जीवि कुमार श्रेष्ठ अध्यक्षको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्ष टीकाबहादुर कार्की, तिलकबहादुर थापा क्षेत्री, हिमनाथ कँडेल, रिपोर्टबहादुर जिसी, महासचिवमा बद्रीप्रसाद पौडेल, सचिवमा रमेश थापा क्षेत्री कोषाध्यक्षमा मेन्द्रसिंह रायमाझी र सहकोषाध्यक्ष दलबहादुर बस्याल लगायत अन्य सदस्य रहनु भएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख योगेन्द्रकुमार खड्का, सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक कृष्णकुमार श्रेष्ठ, निर्वाचन संयोजक मुरारीदत्त शर्मा लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम तदर्थ समितिका अध्यक्ष चिरञ्जीविकुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष टीकाबहादुर कार्कीको स्वागत र सचिव बद्रीप्रसाद पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

यो संस्था पूर्व कर्मचारी सेवा परिषद्, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ, नेपाल पूर्व प्रहरी संघठन, नेपाल पूर्व सहस्त्र प्रहरी संघ र राष्ट्रिय अनुसन्धान पूर्व कर्मचारी संघको छाता संगठन हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *