म्याग्दीमा पनि मनायो राप्रपाले स्थापना दिवस

आदर्श अनलाइन, म्याग्दी
राष्ट्रिय प्रजातन्त्र पार्टीले ३४ औं स्थापना दिवस बेनीमा पनि मनाएको छ । पार्टीले शुभकामना आदानप्रदान गरि स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवम् राप्रपाका केन्द्रीय सदस्य भीमप्रसाद गौचनले राज्यको वैकल्पिक शक्तिका रुपमा राप्रपा रहेको बताउनुभयो । प्राविधिक रुपमा राप्रपा पहिले कमजोर बनेको भए पनि गत प्रतिनिधिसभा निर्वाचनपछि आफ्नो धारमा आउन लागेको बताउनुभयो ।

कार्यक्रममा गत प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार एवम् केन्द्रीय सदस्य जगतप्रसाद गौचनले मन्तव्य राख्नुभएको थियो । पार्टी कार्यालय न्यूरोडमा भएको कार्यक्रममा नेता कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रम राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापाको अध्यक्षता र देवेन्द्र घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *