सुजन रेग्मी, बागलुङ
बागलुङमा रहेको एक क्लबले रक्तदान कार्यक्रम गर्ने भएको छ ।
लियो क्लव अफ बागलुङ कालीगण्डकीले रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष सुगम खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार क्लवले रक्तदान कार्यक्रमको आयोजना गर्दा जिल्लामा हुने रगतको अभावलाई सहज बनाउदै बिरामीलाई राहत हुने बताउनुभयो ।
जेठ १६ गते बिहान रक्तदान कार्यक्रमको आयोजना गरेको क्लवले जनाएको छ ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाको प्राविधिक सहयोग रहने छ ।